यसरी भइरहेको छ त्रिवि क्रिकेट मैदानको काम, तस्बिरहरू
सारांश
- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नति र प्यारापिट निर्माणको काम भइरहेको छ।
- समयमा काम नसकेपछि ठेकेदार कम्पनीलाई दैनिक दुई लाखभन्दा बढी जरिवाना तिराउने सहरी विकास मन्त्रालयले जनाएको छ।
- कम्पनीले एक महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ, जसमा चार हजार कुर्सी जडान भइसकेका छन्।
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लड लाइट हाल्ने काम धमाधम भइरहेको छ ।
समयमा काम नसकेपछि सरकारले ठेकेदार कम्पनीलाई हर्जना लगाएको छ । सम्झौताअनुसार आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ । जसअनुसार ठेकेदार कम्पनीले दैनिक दुई लाखभन्दा बढी क्षतिपूर्तिबापत रकम दिनुपर्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।
मैदानको प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लड लाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए।
प्यारापिट बनाउन ४९ करोड २५ लाख र फ्लड लाइट जडानका लागि ४७ करोड ३७ लाखमा सम्झौता भएको थियो ।
यही असार ३० गते ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने जानकारी गराइएको थियो। मंगलबारदेखि दैनिक हर्जना तिरेर काम भइरहेको छ। काम नसक्दासम्म दैनिक हर्जना लाग्नेछ । यसरी हर्जना तिरेर बढीमा २०० दिनसम्म अर्थात् आयोजनाको कूल रकमको १० प्रतिशत हर्जना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था छ । सो अवधिमा पनि काम नसके कालोसूचीमा राख्ने व्यवस्था छ ।
निर्माण कम्पनीले एक महिनामा काम सक्ने प्रतिवद्धता जनाएको कार्यालयले जनाएको छ। अहिले चार हजार कुर्सी जडान भइसकेका छन् भने छ वटा फ्लड लाइटमध्ये तीन वटा पोल आएको छ । प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ । फ्लड लाइट जडानतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति भएको छ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण