पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमनले महिलामा उत्साह प्रदान गर्छ : सुजाता कोइराला
बिहीबार, ०१ साउन २०८२, १० : ४३
सारांश
- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमनले महिलामा उत्साह थपेको बताइन्।
- कोइरालाले भण्डारी एक सक्षम, इमानदार र उच्च राजनीतिक व्यक्तित्व भएको उल्लेख गरिन्।
- कोइरालाले भण्डारीलाई आगामी राजनीतिक यात्राको लागि शुभकामना दिएकी छन्।
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमनले महिलामा उत्साह प्रदान गरेको बताएकी छन् ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी कोइरालाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भण्डारी एक सक्षम, इमानदार र उच्च राजनीतिक संस्कारयुक्त व्यक्तित्व भएको बताएकी छन् ।
‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीजी को सक्रिय राजनीतिमा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ । उहाँ एक सक्षम, इमानदार र उच्च राजनीतिक संस्कार भएको व्यक्तित्व हुनुहुन्छ,’ कोइरालाले फेसबुकमा लेखेकी छन् ।
कोइरालाले भण्डारीलाई आगामी राजनीतिक यात्राको लागि शुभकामनासमेत दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण