बहुमूल्य धातु खरिदमा कडाइ, सुनचाँदी बिक्री गर्दा पसलेले ग्राहकको केवाईसी भर्नुपर्ने
काठमाडौँ । बहुमूल्य धातु खरिदमा कडाइ हुने भएको छ । आन्तरिक राजश्व विभागले सुन चाँदी लगायत धातु तथा बहुमूल्य कारोबार गर्ने कम्पनीका लागि ग्राहकको पहिचान कायम गर्नु पर्नेगरी यस्तो व्यवस्था गरेको हो ।
विभागले सम्पत्ति शुद्धीकरण आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा आन्तरिक राजस्व विभागबाट बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी (सूचक संस्था) का लागि निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
अब कुनै पनि ग्राहक आउने बित्तिकै सुनचाँदी व्यवसायीले उनीहरूको जोखिम मूल्याङ्कन गर्नुपर्छ र यसको अभिलेख समेत राख्नुपर्छ । त्यस्तो अभिलेख विभागले मागेको जुनसुकै अवस्थामा पनि उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।
कुनै ग्राहक उच्च देखिएमा त्यस्तो ग्राहकको वृहत् ग्राहक पहिचान फाराम भर्न लगाउनुपर्ने व्यवस्था समेत गरिएको छ ।
त्यस्तै, यस्ता संस्थाको कर्मचारीमार्फत हुनसक्ने शङ्कास्पद कारोबार नियन्त्रण गर्न आन्तरिक नीति तथा कार्यविधि बनाउनुपर्ने व्यवस्था समेत गरिएको छ । यस अन्तर्गत कर्मचारीको आन्तरिक कार्यै विभाजन प्रस्ट पार्नुपर्ने, जोखिम व्यवस्थापनको आधार र पद्धति निर्माण गर्ने, ग्राहकको विवरण पहिचान तथा अद्यावधि गर्ने र विभाग तथा अन्य निकायले दिएका निर्देशन कार्यान्वयनको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।
कस्तो कस्तो अवस्थामा भर्नुपर्छ केवाईसी
विभागले दिएको निर्देशनमा अब सुनचाँदी तथा धातुजन्य व्यवसायीले व्यवसायिक सम्बन्ध स्थापना गर्ने जुनसुकै निकायको समेत पहिचान गर्नुपर्छ । त्यस्तै, एकैपटक वा पटक पटक गरी १० लाख वा सोभन्दा धेरैको खरिद गर्ने ग्राहकको पनि केवाईसी भर्नुपर्छ ।
यदि कुनै ग्राहकले पहिले दिएको जानकारीमा शङ्का लागेमा भने तत्काल पुनः केवाईसी भर्न लगाउन सक्ने व्यवस्था समेत गरिएको छ । उच्च जोखिम रहेका ग्राहकका हकमा प्रत्येक ६र६ महिनामा केवाईसी अपडेट गर्नुपर्ने व्यवस्था गरिएको छ ।
आर्थिक वा कानुनी उद्देश्य नदेखिने, सम्पत्ति शुद्धीकरणसम्बन्धी संस्थाको कालोसूची वा खैरोसूचीमा परेका मुलुकका नागरिकसँग कारोबार गर्दा थप ध्यान दिनुपर्ने व्यवस्था गरिएको छ ।
विभागले दिएको उक्त निर्देशन कार्यान्वयन नगर्ने व्यवसायीलाई १ करोडसम्मको जरिवाना देखि संस्था खारेजीसम्मको कारबाही गर्नसक्ने विभागले व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण