बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फिनल्याण्ड र आरल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त

बिहीबार, ०१ साउन २०८२, १२ : ३३
बिहीबार, ०१ साउन २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधरलाई फिनल्याण्डका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

त्यस्तै राष्ट्रपति पौडेलले संयुक्त अधिराज्यका लागि नेपालका आवासीय राजदूत चन्द्रकुमार घिमिरेलाई आयरल्याण्डका नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपतिले ती पदहरूमा नियुक्ति गरेको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता  शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

518259300_3035944916569484_1497006454951424951_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप