सहिद स्मारक ए–डिभिजन लिगका लागि शीर्ष गीत बनाउन आवेदन माग
बिहीबार, ०१ साउन २०८२, १५ : ०८
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए–डिभिजन लिगका लागि आधिकारिक शीर्ष गीत बनाउन आवेदन मागेको छ। गीतकार, संगीतकार, र निर्माताहरूलाई आफ्नो प्रस्ताव पठाउन एन्फाले अनुरोध गरेको हो ।
गीतमा फुटबल र प्रतिस्पर्धाको भावना, राष्ट्रिय गौरव र एकता तथा शहीदहरूप्रति सम्मान र नेपाली फुटबलको इतिहासजस्ता विषयवस्तुहरू समावेश हुनुपर्नेछ ।
त्यस्तै गीत नेपालीमा वा नेपाली र अंग्रेजीको मिश्रणमा हुनुपर्नेछ र यसको अवधि कम्तीमा ३ मिनेटको हुनुपर्नेछ ।
इच्छुक व्यक्तिले आफ्नो गीतको नमुना २०८२ भदौ १५ भित्र [email protected] मा पठाउनुपर्नेछ । छनोट भएको गीतलाई एन्फाको समन्वयमा रेकर्ड गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण