श्रीलंकाको पोस्टमा नेपालको फेरि पनि ७ गोल
काठमाडौँ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले बिहीबार श्रीलंकाविरुद्ध शानदार जित हात पारेको छ । ढाकास्थित बसुन्धरा स्पोर्टस् ग्राउन्डमा सम्पन्न खेलमा नेपालले ७–० विजयी बनेको हो ।
खेलको १५ औँ मिनेटमा पूर्णिमा राईले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । प्रतियोगितामा उनको यो सातौँ गोल थियो । उनले पहिलो खेलमा भुटानविरुद्ध ४ गोल तथा श्रीलंकाविरुद्धको यसअघिको खेलमा २ गोल गरेकी थिइन् ।
३५ औँ मिनेटमा कुसुम खतिवडाले टोलीको अग्रता दोब्बर बनाइन् । ४२ औँ मिनेटमा सरिता नाथले फ्रिककमार्फत शानदार गोल गर्दै टोलीको अग्रता फराकिलो बनाइन् । दुई मिनेटपछि कुसुमले टोलीका लागि व्यक्तिगत दोस्रो गोल थपिन् ।
दोस्रो हाफको ६७ औँ मिनेटमा विर्सना चौधरीले पेनाल्टीबाट पाँचौँ गोल गरे । त्यसपछि तीन मिनेटको अन्तरमा समीक्षा मगरले दुई गोल थपिन् ।
खेलको अन्त्यतिर नेपालले अर्को पेनाल्टी पाएको थियो । तर, सुशीला केसी गोल गर्नबाट चुकिन् ।
नेपाल र श्रीलंका प्रतियोगितामा दोस्रोपटक आमनेसामने भएका हुन् । यसअघि मंगलबार भएको खेलमा नेपाल समान ७–० को विशाल अन्तरले विजयी भएको थियो ।
यसपटक प्रतियोगिता ४ सहभागी राष्ट्रबिच डबल राउन्ड रोबिन आधारमा खेलाइँदैछ । सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।
पहिलो चरणको खेलपछि नेपाल ४ खेलबाट ९ अंकसहित पहिलो स्थानमा उक्लिएको छ । आयोजक बंगलादेश ३ खेलबाट ९ अंक बटुल्दै दोस्रो स्थानमा छ ।
आजै दोस्रो खेलमा बंगलादेश र भुटान भिड्ने छन् । सो खेलमा बंगलादेशसँग नेपाललाई उछिन्ने अवसर रहनेछ । भुटान ३ अंकसहित तेस्रो र अंकविहीन श्रीलंकामा तालिकाको पुछारमा छ ।
नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोल अन्तरले हराएको थियो । तर, दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धात्मक खेलमा २–३ गोलले स्तब्ध बन्न पुगेको थियो । अब नेपालले शनिबार भुटानको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण