दर्ता प्रमाणपत्र नराखी सञ्चालन गर्ने कन्सल्टेन्सीलाई ५१ हजार जरिवाना
बिहीबार, ०१ साउन २०८२, १७ : २८
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कानुन विपरीत सञ्चालन गरेको पाइएपछि एक कन्सल्टेन्सी (शैक्षिक परामर्श केन्द्र) लाई जरिवाना गरेको छ । अन्य ६ वटा फर्मलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ ।
बिहीबार अनुगमनमा गएको विभाको टोलीले दर्ता प्रमाणपत्र नराखी सञ्चालन गरेको पाइएपछि ललितपुर महानगरपालिका–५ मा रहेको एसएस एजुकेशन सोलुसन सर्भिस प्रालिलाई ५१ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
यसैगरी विभागले अनुगमनका क्रममा थप अनुसन्धान आवश्यक देखिएका अन्य ६ वटा कन्सलटेन्सिलाई व्यवसायसँग सम्बन्धित कागजातहरू लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
विभागले बिहीबारदेखि कन्सलटेन्सिलाई लक्षित गर्दै अनुगमन थालेको विभागले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण