७३ जिल्लामा फैलियो डेंगु सङ्क्रमण
बिहीबार, ०१ साउन २०८२, २० : ०८
काठमाडौँ । डेंगु सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत ईपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनायता १ हजार ९ सय ९७ जना डेंगु सङ्क्रमणका बिरामी भेटिएका छन् ।
सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने पछिल्लो एक हप्तामा ९५ जनामा सङ्क्रमण देखिएको उल्लेख गरिएको छ ।
यस्तै, गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ । जहाँ हालसम्म ४ सय ९५ जनामा डेंगु सङ्क्रमित भएका छन् । बागमती प्रदेश ४ सय ५४ जना सङ्क्रमितसहित दोस्रो स्थानमा छ ।
अन्य प्रदेशहरूमा कोशीमा ३ सय ७५, लुम्बिनीमा ३ सय ३२, सुदूरपश्चिममा २ सय ६६, मधेसमा ३८ र कर्णालीमा ३७ जनामा सङ्क्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण