ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु
बिहीबार, ०१ साउन २०८२, २१ : २८
सारांश
- चितवनको पिठुवामा ट्याक्टरले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ।
- दुर्घटनामा ७० वर्षीय कृष्णबहादुर पन्तको उपचारका क्रममा मृत्यु भएको हो।
- प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
भरतपुर । चितवनमा ट्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१६, पिठुवा दोबाटो बजारमा आज भएको सवारी दुर्घटनामा साइकल यात्री स्थानीय ७० वर्षका कृष्णबहादुर पन्तको मृत्यु भएको हो ।
खैरहनीबाट दोबाटो बजारतर्फ गइरहेको ना ३ त ७४३० नम्बरको ट्याक्टरले साइकलमा सवार पन्तको ठक्कर दिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख (डीएसपी) रञ्जन अवाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा घाइते पन्तको रत्ननगरस्थित बकुलहर अस्पताल उपचारका क्रममा मृत्यु भएको हो । पन्तको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण