प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपीओ निष्कासनको तयारी
सारांश
- प्रभु हेलिकप्टरले स्थापनाको १०औँ वर्ष मनाएको छ, सुभाष अमात्यले आगामी दिनमा गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गरे।
- प्रभु ग्रुपले २०७२ सालमा मुक्तिनाथ हेलिकप्टरलाई खरिद गरी प्रभु हेलिकप्टरको रूपमा सञ्चालन गरेको हो।
- कम्पनीले पर्यटन, उद्धार, र ढुवानीमा काम गरिरहेको छ, र आईपीओ जारी गर्ने तयारी गरेको छ।
काठमाडौँ । प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा प्रभु हेली लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिनेमा प्रतिबद्धता जनाए ।
एक दशकअघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सम्पूर्ण शेयर खरिद गरी प्रभु हेलिकप्टरका नामबाट सञ्चालनमा ल्याएको हो । “नेपालको विविध र चुनौतीपूर्ण भौगोलिक अवस्थामा सुरक्षित, भरपर्दो र प्रभावकारी हवाई यातायात सेवामा प्रतिबद्ध भइ निरन्तर लागेका छौँ, आगामी दिनमा पनि यात्रु तथा सेवाग्राहीबाट यही खालको माया र विश्वास पाउने अपेक्षा गर्दछौँ ।”
प्रभु हेलिकप्टरले विशेष गरी मुलुकको पर्यटन क्षेत्रका साथै आकस्मिक उद्धार, सामग्री ढुवानीलगायतका क्षेत्रमा काम गरिरहेको छ । सुरुवाती चरणमा एउटा रोबिन्सन हेलिकप्टरबाट व्यावसायिक यात्रा सुरु गरेको प्रभुले हाल दुईवटा एयरबस एच १२५ मार्फत उडान सेवा प्रवाह गरिरहेको छ ।
कम्पनीले हाल पोखरा, काठमाडौँ र लाङटाङमा हेलिकप्टर टुर तथा साइटसिङ सेवा उपलब्ध गराइरहेको छ भने मुक्तिनाथ, गोसाइकुण्ड, कालीञ्चोक भगवती र लुम्बिनीमा पनि हेलिकप्टर टुर उपलब्ध गराउँदै आएको छ । साथै सगरमाथा, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको आधार शिविरमा पनि हवाई उडान गर्नुका साथै उद्धारलगायतका सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
सुरुमा कम्पनी ऐन, २०६३ अन्तर्गत एक निजी लिमिटेड कम्पनीको रूपमा समावेश गरिएको प्रभु हेलिकोप्टर प्रालि २०७९ असार ३० गतेबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भयो थियो । कम्पनीसँग पोखरामा आफ्नै ह्याङर सुविधा पनि उपलब्ध छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जारी गरिएको एयर अपरेटर प्रमाणपत्र (एओसी) नम्बर ०८१र२१३‑१ अन्तर्गत सञ्चालनमा छ ।
आइपीओ जारी गर्दै
प्रभु हेलिकप्टर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीका अनुसार आइपिओ जारी गर्नका लागि आइपिओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण