चक्रपथको दोस्रो खण्डको निर्माण अघि बढाउन समितिको निर्देशन
शुक्रबार, ०२ साउन २०८२, १७ : ३६
सारांश
- पूर्वाधार विकास समितिले काठमाडौँ चक्रपथको दोस्रो खण्ड विस्तारमा फ्लाइओभर वा अण्डरपास निर्माण गर्न निर्देशन दिएको छ।
- समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विस्तृत परियोजना प्रतिवेदनमा यस्ता संरचना समावेश गर्न निर्देशन दिएको हो।
- मन्त्री दाहालले कलङ्की-महाराजगन्ज खण्डको ७.२ किलोमिटर सडक विस्तारको काम छिट्टै सुरु हुने बताए।
काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले काठमाडौँ चक्रपथको दोस्रो खण्ड विस्तारका क्रममा आवश्यक स्थानमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक स्थानमा फ्लाइओभर वा अण्डरपास समावेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले तत्काल चक्रपथ विस्तारको काम अघि बढाउन पनि निर्देशन दिएको सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।
बैठकमा मन्त्री दाहालले दोस्रो चरणअन्तर्गत कलङ्की–महाराजगन्ज खण्डको काम शीघ्र अघि बढ्ने स्पष्ट पारे । ७ दशमलव २ किलोमिटर दूरीको सो खण्ड विस्तारको काम अघि बढाउने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण