काठमाडाैँ महानगरले भोलिदेखि छात्रवृत्ति परीक्षा सुरु गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि छात्रवृत्ति परीक्षा भोलिदेखि सुरु गर्ने भएको छ । छात्रवृत्ति प्रवेश परीक्षा भोलि शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ महानगरले जनाएको छ ।
प्रवेश परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण तालिम समेत दिइएको छ ।
महानगरले विगत तीन वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीहरूलाई अवसर प्रदान गर्दै आएको छ । यस वर्षको प्रवेश परीक्षाका लागि देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी छनोट भएको छन् ।
अभिमुखीकरण सामग्रीमा केन्द्राध्यक्षहरूको जिम्मेवारी, परीक्षा व्यवस्थापन, सम्भावित चुनौतीहरूको समाधान र सुरक्षात्मक उपायहरू समेटिएका छन्। केन्द्राध्यक्षहरूले परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगावै उपस्थित भई सिट योजना, प्रश्न पत्र र उत्तर पुस्तिकाको सुरक्षा, विद्यार्थी परिचय प्रमाणीकरण र अनुशासन कायम गर्नुपर्नेछ। प्रश्न पत्रको गोप्यता कायम राख्न कडा नियम लागू गरिएको छ, र कुनै अनियमितता भए तुरुन्त प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण