इन्जिनियरिङ तर्फका आङ्गिक क्याम्पसको पढाई सुचारु गर्न माग
काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा पठनपाठन तत्काल सुचारु गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले माग गरेको छ ।
सो सङ्गठनको प्राविधिक शिक्षा विशेष जिल्ला समितिले शुक्रवार डिनलाई ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि अवरुद्ध पढाई सुचारु गर्न माग गरेको हो ।
शुक्रबार सङ्गठनका पदाधिकारीहरूले संस्थान पुलचोकमा डिन प्रा.डा सुशील बहादुर प्रजापतिलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरेर इअसं अन्तर्गतका सम्पूर्ण क्याम्पसहरूमा पठनपाठन अविलम्ब सुचारु गर्न र शैक्षिक क्यालेन्डरअनुसार परीक्षा सञ्चालन माग गरिएको छ ।
सो सङ्गठनले राष्ट्रकै गौरवका रूपमा रहेको प्राविधिक संस्थामा यस्ता समस्या उत्पन्न हुनु दुःखद भएको भन्दै, गैर–प्राविधिक गतिविधिहरू तत्काल रोक्न र भविष्यमा पुनः यस्ता अवस्था नआउने सुनिश्चितता गर्न प्रशासनलाई खबरदारी गरेको छ ।
ज्ञापनपत्र बुझाउन सङ्गठनका केन्द्रीय उपमहासचिव निरोज श्रेष्ठ , प्राविधिक जिल्ला इन्चार्ज किरण सापकोटा , प्राविधिक जिल्ला अध्यक्ष शितेष झा , उपाध्यक्ष प्रसिद्ध चौलागाई , सह–सचिव मिलन शर्मा लगायत पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण