मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरा साइकल च्यालेन्ज सम्पन्न, तस्बिरहरू

शनिबार, ०३ साउन २०८२, १३ : ३८
शनिबार, ०३ साउन २०८२

ललितपुर । आज पाटन दरबार स्क्वायर क्षेत्रमा ‘कोरा साइकल च्यालेन्ज’ र्‍याली आयोजना गरिएको छ। हजारौँ साइकल प्रेमीहरू सहभागी सो र्‍याली पाटन दरबार प्राङ्गणबाट सुरु भई विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गरिएको छ ।

Kathmandu Kora Cycling Challenge_ (1)

 त्यस्तै ‘काठमाडौँ कोरा साइकल च्यालेन्ज’मा उपत्यकाका प्रमुख धार्मिक तीर्थस्थलहरू स्वयम्भू, खास्ती चैत्य (बौद्ध स्तुपा) र पशुपतिनाथको परिक्रमा गरिन्छ। 

Kathmandu Kora Cycling Challenge_ (2)

‘काठमाडौँ कोरा’मा ५०, ७५ र १०० किलोमिटर गरी तीन तहका ‘साइकल राइड’ तय गरिएको हुन्छ। ५० किलोमिटरमा सहभागी हुनेलाई एमेच्योर राइडर भनिन्छ। त्यस्तै ७५ र १०० किलोमिटरको समूहमा भने परिपक्व एवं व्यावसायिक साइकल चालकहरू सहभागी हुन्छन्।

Kathmandu Kora Cycling Challenge_ (3)

पाटन दरबारबाट सुरु हुने यात्राको रुटमा कीर्तिपुर,चोभार,नैकाप, स्युचाटार, स्वयम्भू पछाडिको बाटो हुँदै नागार्जुन जङ्गलको छेउछाउको बस्तीहरू हुँदै बालाजु, मनमैजु, धापासी, बूढानीलकण्ठ, कपन, बौद्ध, पशुपति, गुहेश्वरी, सिनामंगल, एयरपोर्ट, कोटेश्वर हुँदै पुनः पाटन दरबारमा पुगेर टुंगिएको छ।

Kathmandu Kora Cycling Challenge_ (4)Kathmandu Kora Cycling Challenge_ (6)Kathmandu Kora Cycling Challenge_ (7)Kathmandu Kora Cycling Challenge_ (8)Kathmandu Kora Cycling Challenge_

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप