बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजबाबु श्रेष्ठ ‘सागर’लाई नौ प्रश्न

‘पाठक घटेका होइनन्, हाम्रै लेखन गुणस्तरमा ह्रास आएको हो’

शनिबार, ०३ साउन २०८२, १५ : ००
शनिबार, ०३ साउन २०८२

सारांश

  • राजबाबु श्रेष्ठ सागरको नयाँ कथासङ्ग्रह 'फिर्दोसको साँचो' प्रकाशित भएको छ, जसमा विभिन्न विषयवस्तु समावेश छन्।
  • उपन्यास र कथा लेखनको भिन्नता र चुनौतीबारे सागरले आफ्नो धारणा राखेका छन्, कथा लेख्न उपन्यासभन्दा कठिन भएको उनको अनुभव छ।
  • सागरले समकालीन नेपाली उपन्यास र कथाको अवस्थाबारे चर्चा गर्दै, पाठकलाई 'फिर्दोसको साँचो' पढ्न सिफारिस गरेका छन्।

साहित्यकार राजबाबु श्रेष्ठ सागर लामो समयदेखि नेपाली साहित्यमा कलम चलाइरहेका छन् । २०५७ मा ‘बन्द फ्रेमभित्रको चिठी’ उपन्यासबाट नेपाली साहित्याकाशमा उदाएका उनको २०७७ सालमा ‘हराएका छोराहरू’ कथासङ्ग्रह र ‘देशको चिना’ मुक्तकसङ्ग्रह र २०७८ मा ‘यादका बस्तीहरू’ गीतिसङ्ग्रह प्रकाशित छन् ।

उनका केही गीत सङ्गीतबद्ध पनि भएका छन् । हालै ‘फिर्दोसको साँचो’ कथासङ्ग्रह लिएर पाठकसामु आएका सागरलाई यसपालि हामीले रातोपाटीको ‘नौ प्रश्न’ स्तम्भमा निम्त्याएका छौँ ।   

१) भर्खरै तपाईंको पहिलो कथासङ्ग्रह ‘फिर्दोसको साँचो’ प्रकाशित भयो । लामो समयदेखि साहित्य क्षेत्रमा कलम चलाइरहनुभएको छ । वास्तवमा तपाईं किन लेख्नुहुन्छ ? लेख्नका लागि यहाँलाई कुन कुराले सबैभन्दा धेरै झकझकाउँछ ?

अरू कवि तथा लेखकहरू किन र केका लागि लेख्छन् ती उनीहरूका पाटा भए । म चाहिँ आफ्ना कविता, गीत, कथा र उपन्यासमा गाउँ–समाजमा भए–गरिएका र बिस्कुनझैँ असरल्ल छरिएका कलमका आँखाले नदेखेका र लेख्न छुटेका सयकडौँ कुरीति, जातीय विभेद, छुवाछुत, हिंसा, बलात्कार, उत्पीडन, अन्धभक्त, अनकेश्वरवाद धार्मिक द्वन्द्व, कुसंस्कार र सनातनीय भ्रमजाललाई चिर्दै लेखनभित्र आफ्ना थोरै जीवनदर्शन, विचार, मार्ग र सन्देश पोख्दै गाउँ, समाज र देशले कहिल्यै नहेरेका एउटा सफा र पारदर्शी ऐना हुन सकुँ भन्ने उद्देश्यले कलम चलाउने गर्छु । 

यिनै दृश्य जब मेरा आँखाका क्यामराले कैद गर्छन् तब म भित्रभित्रै चिन्तित हुँदै वैचारिक हिसाबले खिचडीझैँ फत्किने गर्छु र ती पात्र म स्वयं हुँ भनेर अनुभूति गर्ने गर्छु । यिनै चिजहरूले मलाई ‘ए, राजबाबु यस बारेमा तँ केही लेख्, तैँले केही लेख्नैपर्छ र साहित्यिक कलमद्वारा तँ समाजको ऐना बन्न सिक्’ भनेर घचघचाउने गर्छन् । 

२) अन्तिमपटक कुन कृति पढ्नुभएको थियो ? यो कृति कस्तो थियो ?

अमेरिकन महिला पत्रकार प्याट्रिसिया म्याक्कोरमिकद्वारा लिखित तेस्रो उपन्यास ‘सोल्ड’ पढेको हुँ । यो किताब पाँच वर्षपछि नै किनेको थिएँ, आफ्नो कृति (फिर्दोसको साँचो) प्रकाशित भएपछि मात्रै पढ्ने फुर्सद मिल्यो । 

मेरो बुझाइमा उपन्यास सिङ्गै साढे चार तलाको पूर्ण फुल–फिनिसिङको रङरोगनसहितको क्लासिकल घर हो भने कथा आफैँमा पूर्ण भुइँतलामै फिनिसिङ भएको घर हो ।

यो उपन्यास एक अनुसन्धानयुक्त उपन्यास हो, जसमा नेपाली चेलिबेटी नेपाली दलालहरूद्वारा नै ललाइफकाई भारतको बम्बई (हाल मुम्बई) मा पुर्‍याई बेचबिखन गरिएको वीभत्स कथा आउँछ । यस उपन्यासले संयुक्त राज्य अमेरिकामा व्यापक प्रशंसा बटुल्यो र सन् २००६ को नेसनल बुक अवार्डको छनोटमा अन्तिम चरणका पुस्तकमध्येमा परेको थियो । 

३) पछिल्लो समयको साहित्यिक बजार र बहस कस्तो पाउनुहुन्छ ? यसबारे यहाँको के धारणा छ ?

साहित्यिक बजार हुनलाई सर्वप्रथम त साहित्यिक उत्पादन हुनुपर्छ । अब उत्पादन भएपछि त धेरथोर बजार भइहाल्छ । अब बजार नै भएपछि बजारमा हजारका भिड रहन्छन् नै । अब हजारका भीडमा हजार किसिमका समालोचना, आलोचना र टीका–टिप्पणी भइहाल्छन् । यो कुनै नौलो कुरो होइन भन्ने लाग्छ मलाई । 

म त यति भन्छु, गुणस्तरीय र पठनीय पुस्तक बजारमा ल्याउन सक्यौँ भने अझै पनि हामीले पाठक कमाउन सक्छौँ । फरक यति हो, पहिलेको हकमा भने अहिलेको साहित्यिक बजार केही ओरालो लागेको भने अवश्य हो भन्दा कति पनि अतिशयोक्ति नहोला भन्छु म । 

हो, पाठकमा कमी आएको नै हो । यसो भनिरहँदा हामीले यसरी पनि बुझ्नुपर्छ भन्ने लाग्छ मलाई, पाठकमा कमी आएको भन्नुभन्दा पनि हाम्रै लेखन गुणस्तरमा ह्रास आएको हो भन्दा उचित होला । अब साहित्यिक बहसकै कुरो गर्नुपर्दा पठनीय पुस्तकहरू बजारमा आउनै सकेनन् भन्ने हल्लाको डमरु बजारमा बजेकै सुनिन्छन् भन्दा गलत नहोला भन्छु म । 

अब रह्यो कथा र उपन्यास लेख्ने चुनौतीका कुरा । राम्रो लेख्न दुवैमा उत्तिकै समान चुनौती छन् । अझै भनुँ, मलाई त उपन्यासभन्दा कथा लेख्न झनै कठिन लागेर आयो ।

४) तपाईंले २०५७ सालमै बन्द ‘फ्रेमभित्रको चिठी’ उपन्यास ल्याउनुभएको रहेछ । कथा पनि लेख्नुहुन्छ । यहाँको बुझाइमा उपन्यास र कथामा के फरक छ ?

अनि, कथा तथा उपन्यास लेख्दा तपाईंलाई सबैभन्दा चुनौतीपूर्ण कुरा के लाग्छन् ? तपाईं त कविता, गीतमा पनि कलम चलाइरहनुभएको छ । आफूले कलम चलाइरहेका विधामध्ये यहाँलाई सबैभन्दा धेरै कुन विधाले तान्छ ? 

हो, मैले आफ्नो साहित्यिक लेखन यात्रा नै आख्यान–उपन्यासबाटै सुरु गरेको हुँ र यो मेरो पहिलो कृति हो । अहिले बजारमा आएको मेरो ‘फिर्दोसको साँचो’ कथासङ्ग्रह भने २४ वर्षपछि ल्याएको हुँ । बिचमा १७ देखि १८ वर्ष मेरो लेखन पूर्ण रूपमै ओइलाएको थियो भन्दा कति पनि गलत नहोला भन्छु म । यो बिचमा कुहिरोमा काग हराएझैँ आफ्नो भत्किएको जिन्दगीको पर्खाल उठाउनमै बित्योभन्दा कति पनि गलत नहोला ।

उपन्यास र कथाबिचको भिन्नताको बुझाइबारे जुन यहाँको प्रश्न छ । मेरो बुझाइमा उपन्यास सिङ्गै साढे चार तलाको पूर्ण फुल–फिनिसिङको रङरोगनसहितको क्लासिकल घर हो भने कथा आफैँमा पूर्ण भुइँतलामै फिनिसिङ भएको घर हो । फरक यति हो, भुइँतला घर बनाउन पनि जग मजबुत हाल्नैपर्छ । झ्यालढोका हाल्नैपर्छ । तला पूर्ण हुनलाई छत ढलान गर्नैपर्छ र रङ–रोगन गर्नैपर्छ । अनि मात्रै बसोबासयोग्य बन्छ । अब यसैमा थप अरु तला थप्न चाह्यो भने सजिलै कम खर्चमै निर्माण सम्पन्न हुन्छ । यो तर्कलाई यहाँले यसरी नै बुझ्नुहोला । 

। तर यहाँ के भयो भन्दा एउटै कथासङ्ग्रहमा दशवटा थिमका कथा समेटिनुपर्‍यो । यो हुनु भनेको दशवटा थिमका उपन्यास मर्नु बराबर हो ।

अब रह्यो कथा र उपन्यास लेख्ने चुनौतीका कुरा । राम्रो लेख्न दुवैमा उत्तिकै समान चुनौती छन् । अझै भनुँ, मलाई त उपन्यासभन्दा कथा लेख्न झनै कठिन लागेर आयो । मेरै अहिले प्रकाशित ‘फिर्दोसको साँचो’कै कुरा गरौँ न, यसमा सङ्गृहित दशवटा लामा–लामा औपन्यासिक शैलीका कथा छन् । छोटा–छोटा कथा लेख्दा पाठकलाई तान्न र मनोरञ्जन दिन नसकिने हुँदा मैले कथामा सस्पेन्स, थ्रिलर र प्रयोगात्मक स्वैरकल्पना शिल्पशैली प्रयोग गर्दा कथा लामा बनेका छन् । 

जसमध्ये अन्तिम ‘ओभर स्पिड’ भन्ने कथा आठ हजार शब्दका सबैभन्दा लामो कथा छ । गुरु डा. घनश्याम परिश्रमीले यो कथालाई समीक्षा गर्दा लघुउपन्यास भनेरै समीक्षा गरिदिनुभयो । अब यी प्रत्येक दश कथा प्रत्येक दश किसिमका कन्टेन्ट र शैलीमा बगेका छन् । 

यिनै कथाहरूलाई माथि भनेझैँ भुइँतला घरमा तला थपेझैँ बिचबिचमा उपकथा थप्दै बाँकी मुख्य पात्रहरूलाई अन्तिमसम्म तन्काउँदै लगिएको भए प्रत्येक कथा राम्रो–नराम्रो दशवटै पूर्ण उपन्यास बन्थे । तर यहाँ के भयो भन्दा एउटै कथासङ्ग्रहमा दशवटा थिमका कथा समेटिनुपर्‍यो । यो हुनु भनेको दशवटा थिमका उपन्यास मर्नु बराबर हो ।

त्यसैले मलाई उपन्यासभन्दा कथा लेख्नु भनेको थप अभैm चुनौती लाग्छ तर उपन्यासमा जति पाठकलाई वशीकृत गर्ने क्षमता रहन्छ त्यति क्षमता भने कथामा सम्भव छैन भन्ने यो मेरो व्यक्तिगत बुझाइ मात्रै हो । र आफूले कलम चलाइरहेको विधामध्ये मलाई तान्ने र लेख्नमा रुचि लाग्ने विधा भनेको आख्यान नै हो । 

५) समकालीन नेपाली उपन्यासको अवस्था कस्तो देख्नुभएको छ ? यसले कुन दिशा लिइरहेको छ ? यस्तै कथाको अवस्था कस्तो पाउनुहुन्छ ? 

समकालीन नेपाली उपन्यासको अवस्था अरू विधाभन्दा म त निकै अब्बल देख्छु । त्यसपछिको पठनीय विधा भनेको कथा नै हो । समग्रमा भन्नुपर्दा यी दुवै विधा नेपाली साहित्यिक बजारमा बाँच्ने विधा हुन् । 

मधुपर्क, समकालीन र प्रहरी द्वयमासिकबाट प्रकाशित लेखहरूबाट केही चियाखर्च भने अवश्य कमाएको छु । गुमाएको भनेको आम्दानी हुने पेसालाई ध्यान नदिँदा परिवारबाट अलि टाढा भने अवश्य भएको छु । 

६) लेखेर अहिलेसम्म के कति कमाउनुभयो वा के गुमाउनुभयो ? 

लेखेर मैले अहिलेसम्म कमाएको भनेको आफूलाई गुगल र च्याटजीपीटीमा खोज्दा सजिलै आफ्नो परिचयको एक दस्ताबेज पाउँदा आफूलाई संसारकै धनी हुँजस्तो अनुभूति हुन्छ । त्यसबाहेक भनेको नेपाली साहित्य बजारमा आफ्नो लेखन र आफूलाई माया, साथ, समर्थन गर्ने केही पाठक र पुस्तक प्रकाशित गरिदिने केही प्रकाशक कमाएको छु ।

अझ भनौँ, मधुपर्क, समकालीन र प्रहरी द्वयमासिकबाट प्रकाशित लेखहरूबाट केही चियाखर्च भने अवश्य कमाएको छु । गुमाएको भनेको आम्दानी हुने पेसालाई ध्यान नदिँदा परिवारबाट अलि टाढा भने अवश्य भएको छु । 

७) पाठकलाई पढ्न सिफारिस गर्नका लागि ‘फिर्दोसको साँचो’मा त्यस्तो के छ ? पाठकले यो कृति किन पढ्नुपर्छ भन्ने लाग्छ यहाँलाई ? 

सर्वप्रथम त, मेरो ‘फिर्दोसको साँचो’मा पाठकलाई अन्तिमसम्म अल्झाइराख्न सक्ने सस्पेन्स, थ्रिलर, हरर् र आम बजारमा पाइने कथाहरूभन्दा नितान्त फरक विषयवस्तु र नितान्त एक नयाँ फरक अनुसन्धानात्मक शिल्प शैलीमा लेखिएका वादभित्र समेटिएका कथा भएका कारणले पनि पाठकले यो पढ्नैपर्ने पुस्तक भनेर सिफारिस गर्छु । 

दोस्रो, अब पुरानो शैलीमा लेखिने कथाहरूले पाठकलाई सम्मोहित गर्न सक्ने क्षमता नराख्ने हुँदा कथा लेखनमा रुचि राख्नुहुने सम्पूर्ण नयाँ सिकारु कथाकारलाई नयाँ शिल्पशैली अपनाई कथा लेखनमा थप प्रयोगात्मक सहयोग पुग्नेछ भन्नेमा ढुक्क हुँदै यस कारणले पनि पाठकले मेरो ‘फिर्दोसको साँचो’ पढ्नैपर्ने पुस्तक हो भनी सिफारिस गर्छु ।

समग्रमा भन्नुपर्दा, जिन्दगीको परिभाषा खोज्नु भनेको समुद्रमा खसेको सियो खोज्नुजत्तिकै कठिन छ । मैले बुझेको यति नै हो ।  

८) अन्तिमपटक तपाईंलाई झकझकाएको कुनै एउटा साहित्यिक कृति सम्झिनुपर्‍यो भने कुन सम्झिनुहुन्छ ? 

विवेक ओझाद्वारा लिखित २०७९ मा मदन पुरस्कारप्राप्त उपन्यास (ऐँठन) सम्झन्छु । नेपाली साहित्य बजारमा माओवादी द्वन्द्वकाललाई लिएर धेरैले उपन्यास लेखे तर ऐँठनले जति मलाई अरूले खासै प्रभाव पारेन । यो उपन्यासले भने मलाई निकै हल्लायो । 

सर्वप्रथम त यो उपन्यास पढिसकेपछि कभर डिजाइनलाई गहिरो अध्ययन गरेँ । माओवादी द्वन्द्वमा सत्र हजार वीर सेनाले सहादत प्राप्त गरे । आफ्नै बलिदानको रगतले आफैँलाई ऐँठन गरेको मिठो लेखन शिल्पशैलीमा उनिएको कथाको महासँगालो हो यो ऐँठन उपन्यास । कभरमा पनि त्यही थिमलाई आधार मानी आफ्नै बलिदानी रगतले नै ऐँठन गरेको देखाइएको छ । यो उत्कृष्ट डिजाइनरको उपन्यासलाई न्याय गरी बनाइएको सिर्जना हो भन्ने लाग्यो मलाई । लेखकले यस उपन्यासमा नेताहरूले नराम्रो गरी छल, धोका र ऐँठन गरेकोप्रति घोर असन्तुष्टि व्यक्त गरेका छन् । 

९) अन्तिम प्रश्न, आखिर जिन्दगी के रहेछ ?

यसको जवाफमा सबैका आ–आफ्नै राय, विचार, दर्शन र तर्क होलान् । मलाई के लाग्छ भने जिन्दगी आफैँमा समयको संघर्षको आरनमा डामिने एउटा माइल्ड रातो फलामझैँ लाग्छ । जो समयको लोहारको हथौडाको प्रहारमा परी तयार भएको एक नयाँ धारिलो हतियारझैँ लाग्छ । 

समग्रमा भन्नुपर्दा, जिन्दगीको परिभाषा खोज्नु भनेको समुद्रमा खसेको सियो खोज्नुजत्तिकै कठिन छ । मैले बुझेको यति नै हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप