जिम्न्याष्टिकमा प्रधानको निरन्तरता
सारांश
- नेपाल जिम्न्याष्टिक संघको साधारण सभाले ध्रुवबहादुर प्रधानलाई अध्यक्षमा निरन्तरता दियो र नयाँ कार्यसमिति चयन गर्यो।
- बाबुराम थापा, दीपकृष्ण प्रजापति लगायतका व्यक्तिहरू उपाध्यक्षमा चयन भए भने मुकुन्दराज शर्मा महासचिव बने।
- नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य कमलबहादुर भट्टराईले प्रमाणपत्र प्रदान गरे।
काठमाडौँ। नेपाल जिम्न्याष्टिक संघको केन्द्रीय साधारण सभाले ध्रुवबहादुर प्रधानलाई अध्यक्षमा निरन्तरता दिँदै २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा बाबुराम थापा, दीपकृष्ण प्रजापति, सुशीलप्रकाश प्रधान, वचन देउजा, प्रमिला सिंह श्रेष्ठ र राजकुमार कार्की रहेका छन् । मुकुन्दराज शर्माले महासचिव, रामप्रसाद बस्याल र डा. कुस्मिला आचार्यले सचिव, सुनिलमान सिंहले कोषाध्यक्ष र संगिता खड्काले सह–कोषाध्यक्षको जिम्मेवारी पाए ।
सूर्यबहादुर अधिकारी, श्रीप्रसाद कोजु, विष्णुनारायण ग्वाछा, नीरज थापा, शिवप्रसाद गौतम, राजु केसी, राजु कायस्थ, परमेश्वर जोशी, राजेशमान श्रेष्ठ र विवेकानन्द चौधरी सदस्यमा चयन भए ।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले एक कार्यक्रमबिच प्रमाण पत्र प्रदान गरे । त्यसअघि साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए । धोबीघाटस्थित सिद्धार्थ कटेजमा भएको साधारण सभामा एजीयुका प्रतिनिधि कौशिककुमार बिडिवालाको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण