प्यालेस्टाइनको पक्षमा कविता र संगीतमार्फत ऐक्यबद्धता
शनिबार, ०३ साउन २०८२, १९ : ५२
काठमाडौँ । हुरी स्टुडियो, कुपोन्डोलमा सुसेला काव्यशालाको चौथो शृङ्खला सम्पन्न भएको छ । प्यालेस्टाइनको पक्षमा भन्ने भावना बोकेर आयोजित यस शृङ्खलामा कविता र संगीतमार्फत प्यालेस्टाइनी जनतासँग ऐक्यबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा सुसेला संगीत समूहले ‘वि स्याल ओभरकम’, ‘धर्तीका निमुखाहरू’ र ुप्यालेस्टाइन’ शीर्षकका सशक्त गीत प्रस्तुत गर्दै दमनविरुद्धको संगीतमार्फत प्रतिरोधको सन्देश फैलाएका थिए । त्यस्तै गायक विवशले पनि जनवादी गीतहरू प्रस्तुत गरे ।
कविता वाचनतर्फ, संगीत, शैलज पौडेल र देवव्रतले नेपालीमा अनुदित प्यालेस्टाइनी कविहरूका कविता वाचन गरेका थिए । युद्धग्रस्त भूमिमा भइरहेको मानवीय पीडाको पक्षमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
सुसेलाका अनुसार अबदेखि हरेक महिनाको पहिलो शनिबार यस्ता काव्यशालाहरू नियमित रूपमा आयोजना गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण