क्रिकेटमा राजनीतिक तनाव: भारतीय खेलाडीद्वारा पाकिस्तानविरुद्ध खेल्न अस्वीकार
सारांश
- भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण भारतीय क्रिकेट खेलाडीहरूले पाकिस्तानविरुद्ध खेल्न अस्वीकार गरेका छन्।
- हरभजन सिंह, इरफान पठान र युसुफ पठानले युवराज सिंहको कप्तानीमा रहेको टोलीबाट खेल्न मानेनन्।
- पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीको अभिव्यक्ति र हालैको आतंकवादी हमलाले गर्दा खेलाडीहरूले यस्तो निर्णय लिएका हुन्।
नयाँ दिल्ली। भारत र पाकिस्तानबिचको राजनीतिक तनावको असर क्रिकेट मैदानमा पनि देखिन थालेको छ।
भारतीय क्रिकेट टोलीका पूर्व स्पिनर हरभजन सिंहले पाकिस्तानविरुद्ध वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स (डब्ल्युसीएल) २०२५ को खेल खेल्न अस्वीकार गरेका छन्। समाचारहरूमा जनाएअनुसार दाजुभाइ इरफान पठान र युसुफ पठानले पनि पाकिस्तानविरुद्ध मैदानमा उत्रिन अस्वीकार गरेका छन्।
हाल इङ्गल्यान्डमा वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स प्रतियोगिता चलिरहेको छ। प्रतियोगिताअन्तर्गत जुलाई २० मा भारत च्याम्पियन्स र पाकिस्तान च्याम्पियन्सबिच एजबेस्टन क्रिकेट मैदानमा खेल तय भएको छ। तर, खेल हुनुअघि नै यसमा सङ्कटको बादल मडारिएको हो।
तीन खेलाडीद्वारा खेल्न अस्वीकार
जसअनुसार हरभजन सिंह, इरफान पठान र युसुफ पठानले पाकिस्तानविरुद्धको खेलमा सहभागी नहुने निर्णय लिएका हुन्। यी तीनै खेलाडी युवराज सिंहको कप्तानीमा रहेको इन्डिया च्याम्पियन्स टोलीका महत्त्वपूर्ण सदस्य हुन्।
यस निर्णयको मुख्य कारण पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले विगतमा भारत र भारतीय नागरिकहरूप्रति दिएका विवादास्पद अभिव्यक्तिलाई मानिएको छ।
साथै, हालै पहलगाममा भएको आतङ्कवादी हमला र त्यसको जवाफमा भारतले चलाएको 'अपरेसन सिन्दूर' पछि दुई देशबिचको सम्बन्ध थप तनावपूर्ण बनेको छ। धेरै दिग्गज भारतीय क्रिकेटरहरूले पाकिस्तानसँग कुनै पनि प्रकारको क्रिकेट सम्बन्ध राख्न नहुने बताउँदै आएका छन्।
एसिया कपमा पनि सङ्कट
यो विवादको असर एसिया कप २०२५ मा पनि देखिने सम्भावना छ। एसिया कपको आयोजनाबारे छलफल गर्न जुलाई २४ मा ढाकामा हुने एसियाली क्रिकेट काउन्सिलको बैठकमा पनि सङ्कट देखिएको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लगायत अन्य धेरै सदस्य राष्ट्रहरूले राजनीतिक र कूटनीतिक चिन्ताका कारण बैठक बहिष्कार गर्ने निर्णय गरेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण