कास्कीमा बाढी र पहिरोले २ घरमा क्षति
आइतबार, ०४ साउन २०८२, ०८ : ४४
सारांश
- अविरल वर्षाले गर्दा पोखरामा घरहरू बगाएको छ, जसमा केही घर पूर्ण रूपमा क्षति भएका छन्।
- पोखरा-२० भलाममा एक घर पहिरोले पुरिएको छ भने केही नगद, सिक्री र अन्य सामानको क्षति भएको छ।
- पोखरा-१३ काहुँखोला नहरको बहाव बढ्दा दिपा लामाको घरको २ कोठा बगाएको छ, तर मानवीय क्षति हुन पाएन।
पोखरा । शनिबार रातिदेखिको अबिरल वर्षाका कारण कास्कीका विभिन्न ठाउँमा घर बगाएको छ । पोखरा २० भलाममा सूर्य बास्तोलाको सातकोठे ब्लकको घर पहिरोमा पुरिएको छ ।
३ कोठा पूर्ण रूपमा पुरिँदा नगद, सिक्री र अरू सामान क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै, पोखरा १३ काहुँखोला नहरको बहाव बढ्दा दिपा लामाको एकतले घरको २ कोठा बगाएको कास्की प्रहरीले जनाएको छ । घरका धनीहरू पहिले नै भागेका कारण मानवीय क्षति हुन नपाएको डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
कास्कीका सबै नदी र खोलाको बहाव बढेको छ । यात्रा गर्दा सचेत रहन प्रहरीको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण