शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कविता

रेणुका अर्थात् बालुवाको कण

आइतबार, ०४ साउन २०८२, ११ : ४२
आइतबार, ०४ साउन २०८२
  • सूर्य तामाङ

अनेक दुःखकष्ट भोगेर आफ्नो चिनारी तब बन्यौ । 
फल्नै फुल्न नपाईकन जोवन झुक्याई तिम्रो खोस्यौ ।।
स्वार्थसिद्धका निम्ति अनेक अनि के के भनी हुल्यौ ।
बेहुली बनीकन छिरेपछि त आकाश  नै बज्य्रौ ।। 

लाखौँ बिन्ती पुकार गर्छे बिचारी सुन्दैन कोही पनि ।
मानवरूपी मनुवाहरूले त राखियो है बन्धकी ।।
सुखसयल जपीकन सुम्पियो कर्मघर इतिश्री ।
उजेली बनी नित्यकर्म गरियो सन्निपात थपिदिने ।।

पीडा व्यथाले तीव्रगति पक्रिँदा रोकिँदैन रुन ।
जलेर दियो शिखाझैँ शेष हुँदा प्रफुल्लित दूरजन ।।
पन्छीझैँ पिँजडा बन्द पाताल छिनाले उड्ने प्वाँख ।
वैरभाव दूरभाव सहेर पनि मनमा अनुराग ।।

शरीर मन मस्तिष्क बिरामी छे लडीबुडी उठ्छे ।
दैवले लेखेको कर्मफल सोची दुःखपीर बोक्छे।
रोदन क्रन्दन चुपचाप सही बाँड्दैन कहिल्यै ।।
नाटक रचेर प्रशन्नता भई थाक्दैन जहिल्यै ।।

फलेको वृक्षझैँ संस्कार आदर्श अन्तस्करणदेखि । 
जीवनको जरा रेटेर पनि त हुन्छन् हर्षानुति ।।
घरको छत सम्हालिन्छ आङ थापी हावा बतास रोकी ।
आफ्नो पिठ्युँलाई टेको बनाएर ठड्याउँछ मूल धुरी ।।

आफ्नो काखलाई कुल्चेर चढ्दा अइय्या दुख्यो भन्दैन ।
मनै दुःखी कर्म भनी स्विकार्छ अरु अहित बन्दैन ।। 
नाता गाँसी बाटाहरू छेक्दा पनि एक्लै पहिल्याउँछ ।
सबको मन बुझाउँदा जिन्दगी आफ्नो नै रित्याउँछ ।।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तामाङ
सूर्य तामाङ
लेखकबाट थप