रेणुका अर्थात् बालुवाको कण
- सूर्य तामाङ
अनेक दुःखकष्ट भोगेर आफ्नो चिनारी तब बन्यौ ।
फल्नै फुल्न नपाईकन जोवन झुक्याई तिम्रो खोस्यौ ।।
स्वार्थसिद्धका निम्ति अनेक अनि के के भनी हुल्यौ ।
बेहुली बनीकन छिरेपछि त आकाश नै बज्य्रौ ।।
लाखौँ बिन्ती पुकार गर्छे बिचारी सुन्दैन कोही पनि ।
मानवरूपी मनुवाहरूले त राखियो है बन्धकी ।।
सुखसयल जपीकन सुम्पियो कर्मघर इतिश्री ।
उजेली बनी नित्यकर्म गरियो सन्निपात थपिदिने ।।
पीडा व्यथाले तीव्रगति पक्रिँदा रोकिँदैन रुन ।
जलेर दियो शिखाझैँ शेष हुँदा प्रफुल्लित दूरजन ।।
पन्छीझैँ पिँजडा बन्द पाताल छिनाले उड्ने प्वाँख ।
वैरभाव दूरभाव सहेर पनि मनमा अनुराग ।।
शरीर मन मस्तिष्क बिरामी छे लडीबुडी उठ्छे ।
दैवले लेखेको कर्मफल सोची दुःखपीर बोक्छे।
रोदन क्रन्दन चुपचाप सही बाँड्दैन कहिल्यै ।।
नाटक रचेर प्रशन्नता भई थाक्दैन जहिल्यै ।।
फलेको वृक्षझैँ संस्कार आदर्श अन्तस्करणदेखि ।
जीवनको जरा रेटेर पनि त हुन्छन् हर्षानुति ।।
घरको छत सम्हालिन्छ आङ थापी हावा बतास रोकी ।
आफ्नो पिठ्युँलाई टेको बनाएर ठड्याउँछ मूल धुरी ।।
आफ्नो काखलाई कुल्चेर चढ्दा अइय्या दुख्यो भन्दैन ।
मनै दुःखी कर्म भनी स्विकार्छ अरु अहित बन्दैन ।।
नाता गाँसी बाटाहरू छेक्दा पनि एक्लै पहिल्याउँछ ।
सबको मन बुझाउँदा जिन्दगी आफ्नो नै रित्याउँछ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण