अन्तरिम राष्ट्रपतिले ‘तत्काल युद्धविराम’ घोषणा गरे पनि सिरियामा झडप, ९०० भन्दा बढीको मृत्यु
आइतबार, ०४ साउन २०८२, ११ : ४८
सारांश
- सिरियामा साम्प्रदायिक झडप जारी छ, जसमा ड्रुज र घुमन्ते समुदायबीच हिंसा भइरहेको छ।
- अन्तरिम राष्ट्रपतिले युद्धविराम घोषणा गरे पनि हिंसा रोकिएको छैन, र दुवै पक्षले एक अर्कालाई दोष दिएका छन्।
- इजरायलले ड्रुज समुदायको रक्षाका लागि दमास्कसमा आक्रमण गरेको छ, जसमा ९०० भन्दा बढी मानिसको मृत्यु भएको छ।
दमास्कस । सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले ‘तत्काल युद्धविराम’ घोषणा गरे पनि दक्षिणी सिरियामा साम्प्रदायिक झडप जारी छ । अल्पसङ्ख्यक ड्रुज र घुमन्ते समुदायहरूबिच विगत एक हप्तादेखि चलिरहेको हिंसा अझै रोकिएको छैन ।
दुवै समुदायले एक अर्कामाथि अत्याचारको आरोप लगाएका छन् । सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले सरकारी सेना तैनाथ गरेका थिए । तर उनीहरूमाथि ड्रुज समुदायमाथि भएको आक्रमणमा संलग्न भएको आरोप लगाइएको छ ।
हिंसामा ९०० भन्दा बढी व्यक्ति मारिएको खबरहरू आएका छन् । इजरायलले सिरियाको राजधानी दमास्कसमा रक्षा मन्त्रालय र सरकारी सेनामाथि आक्रमण गर्दै आक्रमण डुज समुदायको रक्षा गर्न गरिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण