संसारभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्न कलाको भूमिका महत्त्वपूर्ण : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसारभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्न संस्कृति एवं कलाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
आइतबार ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा विभिन्न देशबाट नेपाल आएका कलाकारहरूसँग संसद् भवनमा भेट्दै सभामुख घिमिरेले विगत नेपालीहरूले भोग्नुपरेको निरङ्कुश शासन, अभाव र उत्पीडनको चर्चा गर्दै अहिलेका यस्ता सांस्कृतिक कार्यक्रममा नेपालीपनको जगेर्ना हुँदै आएको उल्लेख गरेका हुन् ।
सभामुख घिमिरेले भने, ‘निरङ्कुश राजतन्त्रको साँघुरो घेराभित्र नेपाल छटपटाइरहेको एउटा अप्ठ्यारो स्थितिमा त्यहाँ कुनै वाक स्वतन्त्रता थिएन । अर्थात् नेपाली जनता एउटा निरङ्कुश शासनको जाँतोमुनि पिल्सिएका थिए । आर्थिक स्थिति पनि मेरो बुझाइमा धेरै कमजोर थियो । अन्य सामाजिक, सांस्कृतिक स्वतन्त्रताका कुराहरूमा पनि त्यस्तै अवस्था थियो । त्यही बेलामा हामीले पहिलो चरणको स्वतन्त्रता प्राप्त गर्दै थियौँ । त्यो भनेको पञ्चायत व्यवस्थालाई अन्त्य गरेर बहुदलीय व्यवस्था थियो, त्यही बेला भुटानबाट ठुलो सङ्ख्यामा नेपाली मूलका धेरै नागरिकहरू लखेटिनु भयो । उनीहरूलाई स्वागत गर्नको लागि नेपाली जनताले फूलमाला लगाएर स्वागत गरेका थिए । फिर्कने कोसिस गर्दा पनि भारत सरकारले बाटोमा सुरक्षा निकायहरू राखेर जान दिएन । हामी नेपाली र नेपाली मूलको भएको कारणले भुटान पुगे पनि पाँच पुस्तापछि नेपाली नागरिकलाई लखेट्ने काम गर्यो । त्यस कारण राष्ट्रियता के रहेछ भन्ने कुरामा भुटानी शरणार्थीहरू अझ धेरै अनुभव गर्नुभएको छ ।’
उनले विश्वभर रहेका नेपालीभाषीहरुलाई एउटै मञ्चमा ल्याउन मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स जस्ता कार्यक्रमले ठुलो भूमिका खेलेको बताए । संसारभर रहेका नेपालीहरूलाई गाँस्ने प्रयासमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनको भनाई थियो ।
घिमिरेले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने बताए । उनले निर्माणाधीन नयाँ संसद् भवनको चाडै निर्माण सम्पन्न गर्न लक्ष्य राखे पनि विभिन्न कारणले अझै निर्माणकै क्रममा रहेको जानकारी दिए ।
उनले कलाकारहरूलाई सांसदहरूको सङ्ख्या र पुरानो भवनबाट सभा सञ्चालन गर्न असम्भव भएका कारण बानेश्वरको सम्मेलन केन्द्रलाई भाडामा लिएर सङ्घीय संसद्को सभा सञ्चालन भइरहेको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण