बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

एमाले उपाध्यक्ष पाण्डेको दाबी : विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण दुई वर्ष पहिल्यै

आइतबार, ०४ साउन २०८२, १७ : २९
आइतबार, ०४ साउन २०८२

सारांश

  • एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण दुई वर्षअघि नै भइसकेको बताए ।
  • उनका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओली र भण्डारीबीचको भेटवार्तामा यसबारे छलफल भएको थियो ।
  • महासचिव शङ्कर पोखरेलले एक वर्षअघि सचिवालय बैठकमा सदस्यता नवीकरण भएको जानकारी गराएका थिए ।

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण दुई वर्ष पहिला नै भइसकेको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीबिचको भेटवार्ताका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले एक वर्ष पहिलाको सचिवालय बैठकमा पार्टी महासचिव शङ्कर पोखरेलले सदस्यता नवीकरण भइसकेको बताएका हुन् । 

उनले भने, ‘अध्यक्षले बैठकको अन्त्यमा यसको बारेमा उहाँसहित बसेर हामी टुङ्गो गर्छौँ भन्नुभएको हो । यो बैठकको विषय होइन भनेर भन्नुभएको थियो । उहाँको सदस्यता, उहाँको पार्टीमा आउने कुरा,राजनीतिक बारेमा म बसेर छलफल गर्छु भन्नुभएको हो । दुई वर्षअघि नै नवीकरण गरेँ भन्नुभएको छ । १ वर्षअघि नै महासचिवले सचिवालय बैठकमा नवीकरण भएको भन्नुभएको थियो । अध्यक्षज्यूले पनि यसमा सहमति गर्नुभएको थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप