गोरखामा रात्रिकालीन सवारी सञ्चालनमा रोक
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गोरखाले मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गर्दै रात्रिकालीन समयमा सवारी साधनलाई सञ्चालनमा रोक लगाएकाे छ ।
आइतबार प्रशासनले एक सूचना जारी गर्दै रात्रीकालिन समयमा अति आवश्यक सवारी साधन बाहेक अन्य सवारी साधनलाई सञ्चालनमा रोक लगाउने र अविरल पानी परिरहेको अवस्थामा राजमार्गमा समेत रात्रीकालिन यातायातलाई पुर्णरुपमा बन्द गरिने भएकाे हाे ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ,'मनसुनको समय सुरु भई सकेको अवस्था छ । मनसुनको समयमा आउन सक्ने बाढी पहिरोमा आवश्यक सावधानी अपनाउन नसक्दा धेरै धनजनको क्षति सक्ने सक्ने अवस्था रहेको छ । मनसुनको समयमा आउन सक्ने बाढी पहिरोको कारण सडक राजमार्ग अवरोध हुन अवस्थालाई मध्यनजर गर्दै सवारी साधन सञ्चालन गर्दा मनसुनको अवधिभर निम्न सुरक्षाका सावधानी अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने/गराउन सम्बन्धित सबैलाई अनुरोध छ ।'
तोकिएको निकायहरूबाट सडकमा पहिरो गएको खण्डमा तत्काल सडक खुलाउन उपकरण सहितको प्रबन्ध मिलाउने समेत प्रशासनले आग्रह गरेको छ ।

त्यस्तै माथि उल्लेखित सडकखण्डहरु बाहेक मनसुन अवधिभर यातायात सञ्चालन नगर्ने गरी बन्द गर्न समेत भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण