गाजामा राहतको पर्खाइमा रहेका कम्तीमा ६७ जना इजरायली सेनाको गोलीबाट मारिएको दाबी
काठमाडाैँ। इजरायली सेनाले उत्तरी गाजामा राहत सामग्रीका लागि प्रतीक्षा गरिरहेका कम्तीमा ६७ जनालाई गोली हानी हत्या गरेको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
घटनाबारे प्रतिक्रिया दिँदै इजरायली डिफेन्स फोर्स ९आईडीएफ० ले आफूले ‘तात्कालिक खतरा हटाउन चेतावनी स्वरूप गोली प्रहार गरेको’ दाबी गर्दै मृतक संख्या सही नभएको बताएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गाजाको अन्य भागमा राहत सामग्रीको प्रतीक्षा गर्दै गरेका थप ६ जनाको ज्यान गएको छ भने १५० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर छ।
शनिबार मन्त्रालयले अत्यधिक भोकमरी गम्भीररूपमा फैलिरहेको भन्दै नागरिकहरू ‘थकित र कमजोर अवस्थामा’ स्वास्थ्य केन्द्रहरूमा आइपुगिरहेको चेतावनी दिएको थियो।
मे महिनाको अन्त्यदेखि नै खाद्य सामग्रीको खोजीमा निस्किएका प्यालेस्टिनी नागरिकहरू दैनिकजसो इजरायली गोलीबाट मारिएको रिपोर्टहरू सार्वजनिक भइरहेका छन्। शनिबारमात्रै दक्षिण गाजामा राहत वितरण केन्द्र नजिकै इजरायली गोलीबारीमा कम्तीमा ३२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यी घटनाहरू मध्ये धेरैजसो अमेरिकी तथा इजरायली समर्थन प्राप्त गाजा ह्युमानिटेरियन फाउन्डेशन (जीएचएफ) द्वारा सञ्चालित राहत केन्द्र नजिकै भएका हुन्। जीएचएफले इजरायली सैन्य क्षेत्रबाट निजी सुरक्षा निकायमार्फत राहत वितरण गर्छ। यद्यपि केही घटनाहरू संयुक्त राष्ट्रसंघको राहत वितरण केन्द्र नजिक पनि भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण