ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ
आइतबार, ०४ साउन २०८२, २१ : ५४
सारांश
- सप्तरीको राजगढ गाउँपालिकामा रामकेवल मण्डलको घरबाट ३८८ किलो ७३० ग्राम गाँजा बरामद गरियो।
- सशस्त्र प्रहरी र इलाका प्रहरीको टोलीले खानतलासी गर्दा गाँजा फेला पारेको हो।
- प्रहरीले घटना स्थलबाट रेखाकुमारी मण्डललाई नियन्त्रणमा लिएको छ।
राजविराज । सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ । सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले मण्डलको घरमा लुकाईछिपाई राखिएको ३८८ किलो ७३० ग्राम गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल र जनपद प्रहरीको टोलीले मण्डलको घर खानतलासी गर्दा निर्माणाधीन शौचालयबाट दुई बोरा, गाईगोठबाट एक बोरा र घरनजिकको बाँसको झ्याङबाट नौ बोरा गाँजा बरामद गरेको हो ।
प्रहरीले घटनास्थलबाट ४१ वर्षीया रेखाकुमारी मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान अडागी बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण