क्याबिनेटमा जिरो आवर : ‘विद्यासँग कुरा मिल्यो, शेखरको मुख बन्द भो’
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग कुरा मिलेको बताए।
- उनले कांग्रेसको शेखर कोइराला पक्षको कुरा आजबाट बन्द भएको बताए।
- बैठकले गृहसचिव नेतृत्वको भारत भ्रमण स्वीकृत गरेको छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा विद्या भण्डारीसँग कुरा मिलेको बताएका छन् । साथै उनले कांग्रेसको शेखर कोइराला पक्षले यति सङ्ख्या र उति सङ्ख्या छ भनेर हिँडे पनि आजबाट उनको समेत मुख बन्द भएको बताएका छन् ।
आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले बैठकको जिरो आवरमा यस्तो बताएका हुन् ।
‘हाम्रै पार्टीका कतिपयले विद्या भण्डारीसँग फाटो ल्याउने किसिमले कुराहरू गरे, तर अब विद्या भण्डारीसँग पनि कुरो मिल्यो, शेखरको पनि मुख बन्द भयो’ ओलीको भनाई उद्धृत गर्दै एक मन्त्रीले रातोपाटीसँग भने, ‘प्रधानमन्त्रीज्यूको ठट्टा गर्ने बानी छ । जिरो आवरमा उहाँले विद्या र शेखरको प्रसङ्ग निकाल्नुभएको हो ।’
ती मन्त्रीका अनुसार बैठकले गृहसचिव नेतृत्वको भारत भ्रमण स्वीकृत गरेको छ । मंगलबारबाट गृहसचिवस्तरीय दुई देशका अधिकारीबिच छलफल हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण