मन्त्री यादवद्वारा राति छड्के अनुगमन
सारांश
- खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याउने कार्यको अनुगमन गरेका छन्।
- मन्त्रीले पाइपलाइन परीक्षण सम्पन्न गरी पानी वितरण सुरु गर्न निर्देशन दिएका छन्।
- बालुवाटार लगायतका क्षेत्रमा पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको छ, जसबाट करिब ३,५०० घरधुरी लाभान्वित हुनेछन्।
काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गत उपत्यकामा भइरहेको पाइपलाइन बिछ्याउने कार्यको अनुगमन तथा निरीक्षण गरेका छन्।
आइतबार राति मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वंशीधर मार्ग हुँदै सुवर्ण शमशेर सडकसम्मको क्षेत्रको छड्के निरीक्षणमा निस्किएका थिए। उनले मेलम्ची खानेपानी परियोजनाको कामको अवस्थाबारे प्रत्यक्ष रूपमा जानकारी लिएका थिए।
अनुगमनका क्रममा मन्त्री यादवले आयोजनाका प्राविधिकलाई तत्काल पाइपलाइन परीक्षण (प्रेसर टेष्ट) कार्य सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न निर्देशन दिए।
बालुवाटार क्षेत्रमा बिछ्याइएको ३१५ मिमि व्यासको प्राइमरी पाइपलाइन र २८० मिमि व्यासको एचडीपीई पाइप तेर्सो दिशात्मक ड्रिलिङ (एचडिडी) प्रविधिबाट सफलतापूर्वक सम्पन्न भएको जानकारी मन्त्री यादवले दिए।
उनले भने, “मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गत बालुवाटार लगायत क्षेत्रको पाइपलाइन बिछ्याउने काम सफल भएको छ। अब चाँडै पानी वितरण थाल्न निर्देशन दिइएको छ।”
पाइपलाइनको दबाव परीक्षण (प्रेसर टेष्ट) को तयारी तथा कार्य सम्पन्न गर्ने चरणमा रहेको र प्रेसर टेस्ट सफलतापूर्वक सम्पन्न भएपछि डिएमए एच २, आई ३, आई ४ र आई ५ अन्तर्गतका क्षेत्रहरू बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वंशीधर मार्ग पश्चिम तथा सुवर्ण शमशेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरु गरिने आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए ।
यी क्षेत्रहरूमा वितरणपछि करिब ३,५०० घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ।
आयोजना प्रबन्धक अमित रञ्जितका अनुसार उपत्यकावासीलाई स्वच्छ, सुरक्षित र नियमित खानेपानी आपूर्ति गर्ने दीर्घकालीन लक्ष्यअनुरूप यो आयोजना अगाडि बढाइएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण