नेपाली फिल्म : जेठमा ओइरो, असारमा खडेरी
सारांश
- नेपाली फिल्म निर्माणमा असन्तुलन देखिएको छ, किनकि गत असारमा अघिल्लो महिनाको तुलनामा आधा मात्र फिल्म दर्ता भएका थिए।
- असारमा 'कहाँ भेटिएला', 'कहर', 'क्याप्टेन साब' लगायतका विभिन्न फिल्म निर्माणका लागि इजाजत लिइएको छ।
- 'क्याप्टेन साब', 'जहाजैमा' र 'मुना मदनको ब्रेकअप' लगायतका फिल्म निर्माण प्रक्रियामा जुटिसकेका छन्।
काठमाडौंँ । नेपाली फिल्म निर्माणमा असन्तुलन देखिएको छ । चलचित्र विकास बोर्डको गत तीन महिनाको तथ्यांकले फिल्म निर्माण अस्थिर देखाएको हो ।
गत असारमा १९ वटा नयाँ नेपाली फिल्म दर्ता भएका छन्, जुन जेठको तुलनामा लगभग आधा हो । जेठमा ३६ वटा फिल्म दर्ता भएर नयाँ रेकर्ड बनेको थियो । वैशाखमा भने फिल्मको संख्या १८ मा सीमित थियो ।
असारमा निर्माण इजाजत लिने फिल्ममा ‘कहाँ भेटिएला’, ‘कहर’, ‘ब्जुन’, ‘क्याप्टेन साब’, ‘मासुभात’, ‘घोस्टेल’, ‘खेलाडी’, ‘इन्द्रेको बाउ चन्द्रे’, ‘बहौरिया’, ‘किरात राजा यलम्बर’, ‘किस्ने कहाँ छ ?’, ‘पजल’, ‘जहाजैमा’, ‘होस्टेल अगेन’, ‘मानिस हराएको सूचना’, ‘टिका’, ‘मुना मदनको ब्रेकअप’, ‘एक्का तीन’ र ‘लहर’ लगायत रहेका छन् ।
बोर्डबाट असारमा फिल्म निर्माण इजाजत सबैभन्दा पहिले शक्ति नमोबुद्ध फिल्म्स् प्रालीले लिएको छ । शक्ति नमोबुद्धले ‘कहाँ भेटिएला’ नामबाट फिल्म निर्माण इजाजत लिएको हो । मिलन तामाङ निर्माता निर्देशक रहेको बताइएको फिल्ममा धिरज मगर, बुद्धि तामाङ, स्यामा श्री शेर्पालगायत कलाकार रहने उल्लेख गरिएको छ ।

यो नामबाट दशक अगाडि स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठले फिल्म निर्माण गरेका थिए । उक्त फिल्म स्वर्गीय निर्देशक शिव रेग्मी निर्देशन गरेका थिए, भने अभिनेत्री श्वेता खड्काले अभिनयमा डेब्यु गरेकी थिइन् । अन्तिम निर्माण इजाजत सुनारी फिल्म्स् प्रा.लिले फिल्म ‘लहर’ निर्माणका लागि लिएको छ । बुद्धिमान सुनारी निर्माता निर्देशक रहने फिल्ममा आकाश तामाङ र रन्जना खड्का कलाकारको रूपमा फाइनल भएका छन् ।
- कसले बनाउँदै कुन फिल्म ?
असारमा फिल्म निर्माण अनुमति लिने निर्माता/निर्देशकमा केही नयाँ छन् भने केही पुराना । कलाकारको अवस्था पनि त्यस्तै छ । केही फिल्ममा अहिले चलेका कलाकार केदार घिमिरे, धीरज मगर बुद्धि तामाङ, खगेन्द्र लामिछाने, निरुता सिंह पूजा शर्मासम्म छन् ।
यी हुन् असारमा निर्माण इजाजत लिने फिल्म, निर्देशक र कलाकार


- कुन–कुनले थाले काम ?
असारमा फिल्म निर्माण इजाजत प्राप्त गर्ने केही फिल्म निर्माण प्रक्रियामा जुटिसकेका छन् भने केहीको बन्ने पत्तोअत्तो छैन । निर्माण प्रक्रियामा जुटेका फिल्म हुन् – ‘क्याप्टेन साब’, ‘जहाजैमा’ र ‘मुना मदनको ब्रेकअप’ ।
‘क्याप्टेन साब’को केही दिन अगाडि शुभमुहूर्त भएको थियो । ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोग्राफीको रूपमा निर्माण हुन लागेको फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइलीको अभिनय रहनेछ ।
दीपेन्द्र के खनाल निर्देशक रहेको फिल्मको छायाङ्कन भदौको पहिलो साताबाट सुरु हुनेछ । फिल्मका निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र सृष्टिमा खनाल रहेका छन् भने कार्यकारी निर्मातामा सिर्जना नापित हुन् ।

‘मुनामदनको ब्रेकअप’ पनि केही अगाडि घोषणा भएको छ । दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् । फिल्ममा हालसम्म कलाकार राज कटवाल मात्र फाइनल भएका छन् । फिल्म प्रेमकथामा बन्न लागेको हो ।
‘जहाजैमा’ पनि निर्माण घोषणासँगै छायाङ्कन तयारी भइरहेको छ । फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको यो फिल्म कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको हो ।
फिल्ममा केदार घिमिरे, सौगात मल्ल, जापनिज अभिनेत्री रुजेल इचिमिया र सौगात मल्ल कलाकारको रूपमा छानिएका छन् । भदौबाट फिल्मको छायाङ्कन हुने बताइन्छ । उज्ज्वल गुरागाईंको निर्माण रहेन फिल्म नेपाल, जापान र फिलिपिन्समा खिचिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण