बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अवैध आप्रवासीले भन्सार अधिकारीलाई गोली हानेपछि भड्किए ट्रम्प

सोमबार, ०५ साउन २०८२, ११ : २३
सोमबार, ०५ साउन २०८२

सारांश

  • न्यूयोर्कमा एक अवैध आप्रवासीले भन्सार अधिकारीलाई गोली हानेको घटना सार्वजनिक भयो।
  • डोनाल्ड ट्रम्पले बाइडेन सरकारको आलोचना गर्दै अपराधीलाई देश निकाला नगरेको आरोप लगाए।
  • आक्रमणकारी डोमिनिकन नागरिक रहेको र उनलाई पहिले पनि पक्राउ गरिएको थियो।

वासिङ्टन डीसी । अमेरिकाको न्यूयोर्कमा एक अवैध आप्रवासीले भन्सार अधिकारीलाई गोली हानेको घटना प्रकाशमा आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनाप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

डेमोक्र्याट्सहरूले देशलाई अपराधीहरूले भरिदिएको ट्रम्पको प्रतिक्रिया थियो । अधिकारीलाई गोली हान्ने अपराधीलाई पहिला पनि कुनै अपराधको लागि पक्राउ गरिएको तर जो बाइडेन सरकारले उनलाई देश निकाला गर्नुको सट्टा रिहा गरेको ट्रम्पले भने । 

गोली लागेका ४२ वर्षीय सङ्घीय एजेन्ट र उनकी महिला साथी म्यानहट्टनको फोर्ट वासिङ्टन पार्कमा हडसन नदीको किनारमा रहेको चट्टानमा बसिरहेका बेला राति ११ः५० बजेतिर मोपेडमा सवार दुई व्यक्तिले उनीहरूमाथि आक्रमण गरेको प्रहरीले बताएको छ । छोटो बहस र झगडापछि मोपेडमा सवार एक व्यक्तिले गोली चलाएको र गोलीले पीडितको अनुहार र देब्रे हातमा लागेको भनिएको छ । 

‘हिजो राति न्यूयोर्कमा एक भन्सार अधिकारीको अनुहारमा एक अवैध आप्रवासी राक्षसले गोली हानेको थियो, जसलाई जो बाइडेनको सरकारले रिहा गरेको थियो । उनलाई अप्रिल २०२३ मा सीमाबाट हिरासतमा लिइएको थियो, तर देश निकाला गर्नुको सट्टा रिहा गरियो । भन्सार अधिकारीले साहसपूर्वक आक्रमणकारीसँग लडे र आफूलाई चोट लागेको भए पनि अदम्य साहस देखाए ।

डेमोक्र्याटस्हरूले हाम्रो देशलाई अपराधीहरूले भरिदिएका छन् र अब ती सबैलाई बाहिर निकालिनेछ र केही अवस्थामा तिनीहरू विरुद्ध तत्काल कानुनी कारबाही पनि हुनेछ । हामी तिनीहरूलाई फिर्ता आउन कुनै पनि अवसर छोड्ने छैनौँ । किनभने तिनीहरू खतरनाक र अत्यन्तै खराब छन् ।’ 

सामाजिक सञ्जाल प्लेटफर्म टुथ सोसलमा सेयर गरिएको पोस्टमा ट्रम्पले लेखेका थिए । अभियुक्तलाई २१ वर्षीय डोमिनिकन नागरिक मिगुएल फ्रान्सिस्को मोरा नुनेजको रूपमा पहिचान गरिएको छ ।

अभियुक्तको न्यूयोर्कमा आपराधिक रेकर्ड छ र निर्वासनको आदेश हुँदाहुँदै पनि उनलाई बारम्बार रिहा गरिएको पाइएको भन्दै समाचार आएका छन् । अभियुक्त जो बाइडेनको सरकारको कार्यकालमा दक्षिणी सिमानाबाट अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप