शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

होन्डासँगै रोहित एसिया वारियर्समा

सोमबार, ०५ साउन २०८२, ११ : ५५
सोमबार, ०५ साउन २०८२

सारांश

  • नेपाली फुटबलर रोहित चन्द एसिया वारियर्स एफसीमा अनुबन्धित भएका छन्, जसको नेतृत्व केइसुके होन्डाले गरेका छन्।
  • सन् २०२५ मा स्थापित, एसिया वारियर्स एफसीले एसियाका चर्चित फुटबलरहरूलाई समेट्दै एसियाली एकताको सन्देश दिने लक्ष्य राखेको छ।
  • एन्फाका अनुसार, यस परियोजनाले फुटबलको माध्यमबाट महादेशीय पहिचान, भाइचारा र सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

काठमाडौँ । नेपाली फुटबलर रोहित चन्दलाई जापानी फुटबल दिग्गज केइसुके होन्डाको नेतृत्वमा स्थापना भएको नयाँ टोली एसिया वारियर्स एफसीमा समावेश गरिएको छ।

सन् २०२५ मा स्थापित यस टोलीमा एसियाका चर्चित फुटबलरहरूलाई समेटिएको छ । यसको उद्देश्य खेलमैदानमा उत्कृष्टता प्रस्तुत गर्नुका साथै एसियाली एकता र विश्वव्यापी प्रभावको सन्देश प्रवाह गर्नु रहेको छ।

519687910_1051816030444215_5077839303064384063_n

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार एसिया वारियर्स एफसी फुटबलको परम्परागत ढाँचाबाट केही भिन्न रहेको यस परियोजनाले फुटबलको माध्यमबाट महादेशीय पहिचान, भाइचारा र सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

नेपाली राष्ट्रिय टोलीका प्रभावशाली सदस्य रहेका चन्द लामो समयदेखि विदेशी लिगहरूमा सफलतापूर्वक सक्रिय रहँदै आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप