अर्घाखाँचीमा बाँदर र बँदेल हेर्न २० जना नियुक्त
सोमबार, ०५ साउन २०८२, १३ : २५
सारांश
- अर्घाखाँचीमा बाँदर र बँदेलले बालीमा पुर्याएको क्षति रोक्न वन कार्यालयले २० जना हेरालु नियुक्त गरेको छ।
- किसानको खेतीपाती जोगाउन र मानव-वन्यजन्तुबीचको द्वन्द्व कम गर्न यो कार्यक्रम ल्याइएको हो।
- डिभिजन वन कार्यालयले सामुदायिक वन समूहसँग मिलेर हेरालु छनोट गरेको छ।
अर्घाखाँची । अर्घाखाँचीमा बालीनालीकाे रेखदेख गर्न डिभिजन वन कार्यालयले बाँदर र बँदेल हेरालु नियुक्त गरेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी छनोट भएका २० जना व्यक्तिहरूको नामावली सार्वजनिक गर्दै सम्झौताका लागि आह्वान गरेको छ।
सूचनाअनुसार किसानको खेती बाली सुरक्षित गर्न तथा मानव–वन्यजन्तुबिचको द्वन्द्व घटाएर सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको जनाएको छ ।
डिभिजन वन कार्यालय अन्तर्गतका वन व्यवस्थापन कार्यमा सक्रिय रहेका र समूह कोषमा मौज्दात आय राम्रो रहेका सामुदायिक वन समूहहरूको संयुक्त सहकार्यमा कार्यालयबाट प्रकाशित सूचना अवधिमा प्राप्त आवेदनबाट तपसिलमा बाँदर र बँदेल हेरालु छनोट गरिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण