बंगलादेश विमान दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो
सोमबार, ०५ साउन २०८२, १७ : २३
सारांश
- बंगलादेशको ढाकामा वायु सेनाको एफ७ विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ।
- सोमबार राजधानी ढाकाको माइलस्टोन स्कुल तथा कलेजको भवनमा विमान खसेको थियो।
- दुर्घटनामा १६४ जना घाइते भएका छन् र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
ढाका । बंगलादेशमा वायु सेनाको एफ ७ विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । सोमबार सो विमान राजधानी ढाको उत्तरामा माइलस्टोन स्कुल तथा कलेजको भवनमा खसेको थियो ।
वायु सेना अग्नि नियन्त्रण सेवा तथा नागरिक सुरक्षा विभागका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहेद कमालका अनुसार दुर्घटनामा १६४ जना घाइते भएका छन् भने मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।
घाइतेहरूको ढाकास्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । अहिले उद्धारको काम जारी रहेको बीबीसी हिन्दीले जनाएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण