साफ यू–२० महिला च्याम्पियनसिप : पहिलो हाफमा पछि पर्यो नेपाल
सारांश
- साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँगको खेलमा पहिलो हाफमा पछि परेको छ।
- ढाकामा जारी खेलमा बंगलादेशले आठौँ मिनेटमा अग्रता लिएको थियो।
- नेपालले उपाधि जित्न आजको खेलमा जित्नैपर्ने दबाब छ, किनकि बंगलादेश शीर्ष स्थानमा छ।
काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनसिपमा बंगलादेशविरुद्धको खेलमा नेपाल पहिलो हाफमा पछि परेको छ । सुरुवातमा सम्हालिन नसक्दा नेपाल ०–१ गोलले पछि परेको हो ।
ढाकास्थित बसुन्धरा स्पोर्टस् ग्राउन्डमा जारी खेलमा नेपाल आठौँ मिनेटमा नै पछि परेको थियो । मोसामोत सागोरिकाले घरेलु टोलीलाई अग्रता दिलाइन् । नेपाल प्रतियोगितामा बंगलादेशसँग दोस्रोपटक आमनेसामने भइरहेका हुन् ।
यसअघि नेपाल आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धात्मक खेलमा २–३ गोलले स्तब्ध बन्न पुगेको थियो । यो खेलले प्रतियोगिताको विजेता को हुने भनेर फैसला गर्नेछ ।
यसपटक प्रतियोगिता ४ सहभागी राष्ट्रबिच डबल राउन्ड रोबिन आधारमा खेलाइएको हो । सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।
नेपाल ५ खेलबाट १२ अङ्कसहित तालिकामा दोस्रो स्थानमा रहेको छ । आयोजक बंगलादेश ५ खेलबाट १५ अङ्क बटुल्दै शीर्ष स्थानमा छ । गोल अन्तरमा आधारमा भने नेपाल बंगलादेशभन्दा अगाडि छ। त्यसैले, उपाधि जित्नका लागि नेपाललाई आजको खेलमा जीत हात पार्न आवश्यक छ ।
पछिल्लो खेलमा भने नेपालले भुटानमाथि गोल वर्षा गरेको थियो । नेपालले ८–० गोलले जित हात पारेको थियो । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो ।
नेपालले श्रीलङ्काविरुद्ध पनि शानदार जित हात पारेको थियो । बिहीबार सम्पन्न खेलमा नेपाल ७–० ले विजयी बन्यो । गत मंगलबार भएको खेलमा नेपाल समान ७–० को विशाल अन्तरले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण