एमाले केन्द्रीय कमिटी बैठक जारी
मङ्गलबार, ०६ साउन २०८२, १२ : ५३
सारांश
- एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी छ, नेताहरूले धारणा राखे।
- बैठकमा विधान संशोधनमाथि सदस्यहरूले धारणा राखेका छन् र छलफल जारी छ।
- उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले प्रतिवेदन पेस गरे।
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी छ । केहीबेर अघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठक नेताहरूले बोल्ने क्रम सकिएपछि आजै समापन गर्ने तयारी छ ।
बैठकमा विधान संशोधनमाथि सदस्यहरूले धारणा राखिरहेका छन् । पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यमध्ये प्रस्तावित विधान मस्यौदाका नयाँ व्यवस्थाबारे धारणा राखेका थिए ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण