शैक्षिक आन्दोलन सुरु गरौं
नेपालको शिक्षा प्रणालीमा चरम बेथिति छ । दलालीकरण, आर्थिक विभेद र पहुँचको असमानताले शिक्षाको मौलिक उद्देश्य नै संकटमा पारेको छ ।
पैसा नहुने विद्यार्थी गुणस्तरीय शिक्षाबाट वञ्चित छन् । यस्तो अवस्था आउनुमा राज्यको कमजोरी मात्र होइन, हामी सबैको साझा असफलता पनि हो । त्यसैले सम्पूर्ण विद्यार्थी नेता, संघ–संगठन र सरोकारवाला निकायले शिक्षा प्रणालीमा विद्यमान विकृतिको गहिरो समीक्षा गर्दै दीर्घकालीन समाधानको बाटो खोज्न अब विलम्ब गर्नुहुँदैन ।
आजको विद्यार्थी नेता भोलिको देशको निर्णायक नेतृत्वकर्ता पनि हो । तर दुःखको कुरा अहिलेको विद्यार्थी आन्दोलनको स्थिति हेर्दा आगामी पुस्तामा सक्षम, निष्ठावान् र दूरदर्शी नेतृत्वको आशा गर्न सकिने अवस्था देखिंदैन । विगतमा राजनीतिक दलले गलत निर्णय गरे विद्यार्थी संगठनहरू खबरदारी गर्थे । आज अधिकांश संगठनहरू सैद्धान्तिक र वैचारिक आधारमा चल्न सक्ने अवस्थामा छैनन्, जसले विद्यार्थी राजनीतिको अग्रणी भूमिकामाथि गम्भीर प्रश्न उठाउने अवस्था सिर्जना गरेको छ ।
त्यसैले आजको आन्दोलनले आफ्नो गुमेको साख पुनः प्राप्त गर्न, आफ्नो औचित्य सिद्ध गर्न र विद्यार्थीका वास्तविक मुद्दा उठाउने साहस गर्नुपर्छ । अबको आन्दोलन नारामा सीमित नभई व्यावहारिक सुधारका काममा केन्द्रित हुनुपर्ने देखिन्छ ।
आँट, अठोट, साहससहित गर्विलो आवाज लिएर शैक्षिक भविष्य निर्माणको लागि ऐतिहासिक आन्दोलनको सुरुवात हामी गर्नेछौं, सफल बनाउने जिम्मावारी तपाईं सम्पूर्ण विद्यार्थीहरुको काँधमा छ । अब अन्याय, अत्याचार, बेथिति, विसङ्गतिविरुद्ध लड्न तयार हुनुस्, तपाईंकै आवाजबाट शैक्षिक क्रान्तिको सुरुवात हुनेछ ।
स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) यतिबेला नयाँ दिशा र सोचसहित अगाडि बढ्नुपर्ने ऐतिहासिक मोडमा छ । स्ववियुले जुन इतिहास बोकेको छ, इतिहासमा जुन प्रभाव छोडेको छ र जुन किसिमले परिवर्तनको एउटा आयम कोरेको छ, त्यो अवस्था अहिलेको स्ववियुले सिर्जना गर्न सकेको छैन । स्ववियुले राष्ट्रियस्तरको शिक्षा नीतिमा प्रभाव पार्ने खालको आन्दोलनको सुरुवात गर्नुपर्छ ।
स्ववियु शिक्षा क्षेत्रको एउटा महत्वपूर्ण शक्ति हो । यो शक्तिको सही सदुपयोग हुने हो भने शैक्षिक क्षेत्रमा आमूल परिवर्तन र सुधार कुनै नौलो विषय होइन । यसका लागि देशभरबाट स्ववियुको नेतृत्व गरिरहेका सम्पूर्ण प्रतिनिधिहरु शैक्षिक क्षेत्रको खस्किंदो अवस्थालाई लिएर गम्भीर हुन जरुरी छ । आ-आफ्नो क्याम्पसबाट परिवर्तनका लागि शैक्षिक आवाजको निर्माण गर्ने हो भने अवश्य सुरुवात हुनेछ शैक्षिक क्रान्तिको ।
२०८१ सालको स्ववियुको औचित्य राख्न हाम्रा आवाजहरु अब क्याम्पसभित्र मात्र सीमित हुनुहुँदैन । समग्र विश्वविद्यालय र राष्ट्रको शैक्षिक पद्दतिको सुधारका लागि राष्ट्रव्यापी आन्दोलनमा प्रयोग हुनुपर्छ । म स्वतन्त्र विध्यार्थी युनियन, नेपाल कमर्स क्याम्पसको स्ववियु अध्यक्षको हैसियतले देशभर स्ववियुको नेतृत्व गरिरहेका सम्पूर्ण प्रतिनिधिहरुलाई एकमुष्ठ आग्रह गर्न चाहन्छु- तपाईंको क्याम्पसको शैक्षिक झोला बोकेर राष्ट्रको शैक्षिक मुद्दामा केन्द्रित हुन आउनुहोस्, हामी एकताबद्द भएर राष्ट्रियस्तरका शैक्षिक नीति परिवर्तनका लागि महत्त्वपूर्ण निर्णयहरु गरौं र शिक्षामा भएको समग्र बेथितिविरुद्ध स्ववियुद्वारा शैक्षिक आन्दोलनको सुरुवात गरौं ।
नेपाल कमर्स क्याम्पसजस्तो देशकै प्रतिष्ठित शैक्षिक संस्थामा स्ववियुले विद्यार्थीको हकहित, शैक्षिक सुधार र प्रशासनिक पारदर्शिताका पक्षमा निर्णायक भूमिका खेल्न सक्छ, खेल्नुपर्छ भन्ने मान्यता बोकेर शैक्षिक परिवर्तनको एउटा नयाँ बाटोको निर्माण गरी शिक्षालाई सही दिशामा डोर्याउँदै अगाडि बढ्नुपर्ने देखिन्छ ।
म आफैं स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षको हैसियतले यस परिवर्तनको अगुवाइ गर्ने प्रतिबद्धता लिएको छु । हामीले स्ववियुलाई विद्यार्थीको आवाजको प्रतिनिधि बनाउने संकल्प गरेका छौं । शिक्षालाई प्रयोगात्मक, जीवनोपयोगी र रोजगारमूलक बनाउन विश्वविद्यालय र क्याम्पस प्रशासनसँग समन्वय गरी पाठ्यक्रम, तालिम, इन्टर्नसिप र उद्यमशीलताको अवसर प्रवर्द्धन गर्ने योजनामा छौं ।
त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत हजारौं विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी हामी सबैको हो । विश्वविद्यालयमा प्रवेश गर्ने प्रत्येक विद्यार्थीको सपना पूरा गर्न शिक्षा नीतिमा आमूल सुधार आवश्यक छ । विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञान होइन, व्यावहारिक सीप, नेतृत्व क्षमता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि योग्य बनाउने वातावरण निर्माण गर्नु हाम्रो पहिलो प्राथमिकता र अन्तिम उदेश्य हुनुपर्छ ।
हामी परिवर्तनको संकल्पका साथ अगाडि बढेका छौं । हाम्रो नेतृत्व स्वार्थ होइन, समर्पण र उत्तरदायित्वमा आधारित हुनेछ । शिक्षा, आत्मनिर्भरता र इमानदार नेतृत्वको नयाँ आधारशीला नेपाल कमर्स क्याम्पसबाट सुरु गरौं । हामी सबै मिलेर हाम्रो स्ववियुलाई विश्वासिलो, सशक्त र विद्यार्थीको साँचो प्रतिनिधि बनाऔं ।
आँट, अठोट, साहससहित गर्विलो आवाज लिएर शैक्षिक भविष्य निर्माणको लागि ऐतिहासिक आन्दोलनको सुरुवात हामी गर्नेछौं, सफल बनाउने जिम्मावारी तपाईं सम्पूर्ण विद्यार्थीहरुको काँधमा छ । अब अन्याय, अत्याचार, बेथिति, विसङ्गतिविरुद्ध लड्न तयार हुनुस्, तपाईंकै आवाजबाट शैक्षिक क्रान्तिको सुरुवात हुनेछ ।
(रोकाहा नेपाल कमर्स क्याम्पसका स्ववियु सभापति हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण