उपसभामुख राना आज चीन भ्रमणमा जाँदै
काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार बेलुका हेनान प्रान्ततर्फ प्रस्थान गर्दै छिन् ।
उपसभामुख राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलुका ११.३० बजे चीन प्रस्थान गर्न लागेकी हुन् ।
राना चीनको हेनान प्रान्तमा यही श्रावण ७ गतेदेखि ११ गते सम्म आयोजना हुने सांघाई सहयोग मञ्च मिडिया र थिंक ट्याङ्क शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ।कार्यक्रममा उनले “विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण” विषयमा आफ्ना धारणा राख्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ शहरलगायत विभिन्न स्थानहरूको अवलोकन भ्रमण समेत गर्नेछिन् । राना श्रावण ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।
रानासँग सङ्घीय संसद् सचिवालयका उपसचिव जगदीश न्यौपाने पनि चीन जाँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण