राजतन्त्र फाल्यौँ तर घुस खान नसकिने संयन्त्र बनाउन सकेनौँ : घनश्याम भुसाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गणतन्त्र ल्याउन सङ्घर्ष गरेका दलहरूले घुस खान नसकिने संयन्त्र बनाउन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले पञ्चायत कालमा लडेका, राजतन्त्र फालेर गणतन्त्र ल्याउन सक्ने क्रान्तिकारी पार्टीले कुशासन अन्त्य गर्ने संयन्त्र बनाउन नसकेकोमा चिन्ता व्यक्त गरेका हुन् ।
‘हामीले पञ्चायतकालका विरुद्ध लड्यौँ । राजतन्त्र फालेर गणतन्त्र ल्याउन सक्यौँ । ठुल्ठुला आन्दोलनमार्फत क्रान्तिकारी पार्टी बनाउन सक्यौँ । तर घुस नखाने राज्य संयन्त्र बनाउन नसकिने रहेछ । घुस खाने र पार्टी कब्जा गर्न गुटबन्दी नगर्न नसकिने रहेछ’, उनले भने, ‘उतिबेला पञ्चातकालमा दरबार आफै दलाल पुँजीवादको प्रतिनिधि थियो । कम्युनिस्ट पार्टीले राजाको विरुद्ध सङ्घर्ष गरेको होइन दलाल पुँजीवादको विरुद्ध लडेको हो । आज पनि दलाल पुँजीवादसँग मिलेर घुस खान सकिन्छ । त्यत्रा ठुला काम गर्न सकिन्छ । तर आफ्ना छोराछोरीलाई रोजगारी दिन सकिँदैन । सुशासन बनाउन सकिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण