स्वास्थ्य मन्त्रालयले लिने ग्लोबल फन्ड कर्मचारीको परीक्षा तालिका सार्वजनिक
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा ग्लोबल फन्ड ग्रान्ट साइकल अर्थात् विश्व कोष अनुदान चक्र (जीसीसेभेन) अन्तर्गत कार्यक्रम सञ्चालनका लागि मागिएका कर्मचारीको परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ ।
मन्त्रालयले संक्षिप्त सूचीमा पर्न सफल ८९ जनाको परीक्षा कार्यक्रम साउन ८ गते बिहान ९ बजे हुने जनाएको छ, परीक्षा केन्द्रमा भने बिहान ८ बजे नै आइपुग्नुपर्ने सूचनामा उल्लेख छ । परियोजना निर्देशकका लागि १७ जना परीक्षामा सहभागी हुँदैछन् भने कार्यक्रम संयोजकका लागि ७२ जना सहभागी हुने जनाइएको छ ।
मन्त्रालयका अनुसार सूचीकृत उम्मेदवारहरूले दरखास्त फारम भर्दा पेस गरेका कागजातहरू सक्कल कागजात लिई सहभागी हुनुपर्ने छ ।
यद्यपि अनलाइन फारम भर्दाको बखत पेस गरेका कागजातहरू सक्कल कागजातसँग भिडान हुन नसके उम्मेदवारहरू परीक्षामा सहभागी हुन नपाउने पदपूर्ति समितिका सचिवालय सदस्य सचिव मित्र प्रसाद घिमिरेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण