बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भक्तपुरमा भेटियो नेपालका लागि नयाँ प्रजातिको चरा

बुधबार, ०७ साउन २०८२, ०१ : १८
बुधबार, ०७ साउन २०८२

काठमाडौँ ।  भक्तपुरको मध्येपुर थिमी मनोहरा फाँटमा नेपालका लागि नयाँ प्रजातिको चरा ‘साइबेरियन स्यान्ड प्लोभर’ अभिलेख गरिएको छ। यस चरालाई नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ दिइएको छ।

समुद्र सतहदेखि १,३१९ मिटरको उचाइमा अवस्थित उक्त क्षेत्रमा चराविद् कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेले चरा अवलोकनका क्रममा पहिलोपटक देखेका थिए। टोलीले फोटो खिचेर प्रारम्भिक पहिचान गरेपछि नेपाल बर्ड रेकर्ड कमिटीमा विवरण पेस गरिएको थियो।

कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीका अनुसार विवरणको अध्ययन, अन्तर्राष्ट्रिय पन्छीविद्सँग परामर्शपछि यो नयाँ प्रजातिका रूपमा पुष्टि गरिएको हो।

साइबेरियाली राजपुत्रिका चराको मूल वासस्थान साइबेरिया हो। यो बसाइँसराइका क्रममा चीन, जापान, कोरिया, इन्डोनेसिया, अस्ट्रेलिया, हङकङ, मलेसिया, र टिमोर लगायतका देशहरूमा समेत देखिएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्गठनको ‘रेड लिस्ट’ अनुसार यो चरा लोपोन्मुख सूचिमा परेको प्रजाति हो।

यो नयाँ अभिलेखसँगै नेपालमा पाइने चराको कुल प्रजाति सङ्ख्या ९ सय २ पुगेको छ।

तस्वीरहरु: कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप