सरकारले सुरु गर्यो आन्तरिक ऋण संकलन, आज १० अर्ब उठाइँदै
बुधबार, ०७ साउन २०८२, १० : ०८
सारांश
- नयाँ आर्थिक वर्ष सुरु भएको एक साता नहुँदै सरकारले १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउन सुरु गरेको छ।
- सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो, जसको ब्याजदर बोलकबोलबाट तय हुनेछ।
- सरकारले यो वर्ष ३ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण लिने बजेटमा व्यवस्था गरेको छ।
काठमाडौँ । नयाँ आर्थिक सुरु भएको एक साता नहुँदै सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो ।
३ वर्ष अवधिको उक्त ऋणपत्रको ब्याजदर बोलबकोल माध्यमबाट तय हुनेछ । यो ऋणपत्र धितोमा राखेर ऋण लिन तथा दोस्रो बजारमा कारोबार हुनसक्ने जनाइएको छ ।
यो वर्ष सरकारले ३ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण लिनेगरी बजेटमा व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण