फिलिपिन्सबाट आउने सामानमा ट्रम्पले लगाए १९ प्रतिशत ट्यारिफ
सारांश
- अमेरिकाले फिलिपिन्सबाट आउने सामानमाथि १९ प्रतिशतको अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेको छ।
- ट्रम्पले फिलिपिनी राष्ट्रपतिसँगको भेटघाटपछि यो घोषणा गरेका हुन्, जसले व्यापार सम्झौताको अंशको रूपमा काम गर्नेछ।
- नयाँ ट्यारिफ अनुसार फिलिपिन्सले अमेरिकी वस्तुमाथि लगाएको कर हटाउने र दुई देशले सैन्य सहकार्य गर्ने कुरा उल्लेख छ।
वासिङ्टन डीसी । अमेरिकाले फिलिपिन्सबाट आउने सामानमाथि भन्सारमा १९ प्रतिशतको अतिरिक्त महसुल (ट्यारिफ) लगाउने भएका छन् । ह्वाइट हाउसमा फिलिपिनी राष्ट्रपतिसँगको भेटघाटपछि डोनाल्ड ट्रम्पले यो घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमा मंगलबार ट्रम्पले एउटा पोस्ट गरेका छन् । यसमा नयाँ ट्यारिफ बृहत्तर सम्झौताको एउटा हिस्सा भएको बताएका छन् । यस अनुसार फिलिपिन्सले अमेरिकी वस्तुमाथि लगाएको कर हटाउने र दुई देशले सैन्य सहकार्य गर्ने पनि बताइएको छ ।
‘यो एउटा सुन्दर भ्रमण थियो, र हामीले व्यापार सम्झौतालाई निष्कर्षमा पुर्याएका छौँ ।’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् । तर पोष्टमा उनले व्यापार सम्झौताका विस्तृत विवरण भने दिएका छैनन् ।
फिलिपिन्सले पनि यसको तत्कालै पूष्टि गरेको छैन । तर यस योजनाले फिलिपिन्समाथि अप्रिलमा विश्वका कयौँ देशमाथि उनले लगाउँछु भनेर धम्की दिएको भन्दा धेरै कर थोपरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण