फिल्म ‘एक्लो’ मा दुई मिनेटको दृश्य खिच्न लाग्यो ६ घण्टा !
सारांश
- प्रदीप शाही निर्देशित फिल्म 'एक्लो' काभ्रेपलान्चोकको पनौतीमा छायाङ्कन भइरहेको छ।
- अभिनेता विजय लामा र अभिनेत्री दिया पुनको दुर्घटनाको दृश्य खिच्न ६ घण्टा लाग्यो।
- पुसमा रिलिज हुने फिल्ममा प्रदीप खड्का, विजय लामा, दिया पुन लगायतका कलाकार छन्।
काठमाडौँ । प्रदीप शाहीको निर्देशित फिल्म ‘एक्लो’ यतिबेला काभ्रेपलान्चोकको पनौती नगरपालिकामा छायाङ्कन भइरहेको छ । वैज्ञानिक कल्पनामा आधारित फिल्मको भव्य सेट बनाएर छायाङ्कन भइरहेको छ ।
फिल्मको अहिले अभिनेता विजय लामा र अभिनेत्री दिया पुनको दृश्यको छायाङ्कन भइरहेको छ । मङ्गलवार फिल्मका लागि लामा र पुनको कार र साइकलबिच भएको दुर्घटनास्थलमा पुग्ने दृश्य खिचिएको छ ।
जसका लागि कलाकारले दिनभर मिहिनेत गरेका छन् । सट बिग्रिएपछि बारम्बार दृश्य दोहोराउनुपर्दा फिल्मको दुई मिनेट लामो दृश्यका लागि झन्डै ६ घण्टा लागेको छ ।
_EwOchF73ME.jpg)
फिल्मका मुख्य अभिनेता प्रदीप खड्का हुन् । आगामी पुस महिनामा क्रिसमसकाे अवसर पारेर रिलिजमा आउने बताइएको फिल्ममा प्रदीपसँगै विजय लामा, दिया पुन, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाल लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
फिल्म राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशीकला गुरुङ छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । फिल्मको छायाङ्कन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण