सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण
सारांश
- चाँगुनारायण नगरपालिकाले ऐतिहासिक, पुरातात्त्विक र धार्मिक सम्पदाको उत्खनन र संरक्षण गर्ने भएको छ।
- नगर प्रमुख जीवन खत्रीले नगरकोट भ्रमण वर्षको अवसरमा सम्पदा संरक्षणको योजनाबारे जानकारी गराए।
- पुरातात्त्विक विभागसँग समन्वय गरी विज्ञ परिचालन गरेर सम्पदाको संरक्षण गरिनेछ।
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण सम्पदाको उत्खनन एवम् संरक्षण गर्ने भएको छ ।
नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर साउन महिनामा एक महिने शिव पुराण ज्ञान महायज्ञ एवम् विष्णु पुराण ज्ञान महायज्ञको अवसरमा बुधबार वडा नं ७ स्थित प्रसिद्ध बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिर परिसरमा आयोजित कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले सम्पदा उत्खनन एवम् संरक्षण गरिने बताएका हुन् ।
उनले भने, “चाँगुनारायण नगरपालिका–१ देखि ९ सम्म नै अथाह सम्पदा, धार्मिक मठ मन्दिर, ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वका स्थल छन् । तीमध्ये कयौँ ओझेलमा छन्, कयौँ खोज तथा अनुसन्धान र उत्खनन गर्नुपर्ने अवस्थामा छन् । त्यस्ता सम्पदाको नगरपालिकाले खोज तथा अनुसन्धान गर्नेछ र त्यसको संरक्षणमा लाग्नेछ ।”
नगरप्रमुख खत्रीले नगरकोट भ्रमण वर्षको अवसर पारेर नगरपालिकाले नौ वटै वडाका सम्पदाको संरक्षण, खोज अनुसन्धान गर्न स्थानीयलाई पनि साथ दिन आग्रह गरे ।
भेटिएको सम्पदाको उत्खननका लागि पुरातत्त्व विभागको समन्वयमा विज्ञ परिचालन गरेर त्यसको संरक्षण गर्ने नगरको योजना छ । नगरपालिका क्षेत्रको आर्थिक विकास, सगरमाथाको अवलोकन एवम् सूर्योदय र सूर्यास्त मात्रै नभई नगर क्षेत्रका सम्पदाको विकास गर्ने गरी योजना बनाइएको नगरप्रमुख खत्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण