एन्फा टेक्निकल सेन्टर कास्कीको धितालमै बन्नपर्छ : अध्यक्ष प्रचण्ड
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कास्कीको धितालमा एन्फा टेक्निकल सेन्टर निर्माणको काम अघि बढाउनुपर्ने बताए।
- स्थानीय प्रतिनिधिहरूले सेन्टर निर्माण प्रक्रिया अघि नबढेको भन्दै प्रचण्डलाई भेटेर पहलका लागि अनुरोध गरे।
- प्रचण्डले योजना अघि बढाउन पहल गर्ने र कास्कीको धितालमै सेन्टर बन्नुपर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका धितालमा प्रस्तावित एन्फा टेक्निकल सेन्टर निर्माणको काम अगाडि बढ्नुपर्ने बताएका छन् ।
आज धितालस्थित भेडाबारीका स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको टोलीले एन्फा टेक्निकल सेन्टर निर्माण प्रक्रिया अघि नबढेको भन्दै अध्यक्ष प्रचण्डलाई भेट गरी पहल गरिदिन अनुरोध गरेका थिए ।
प्रतिनिधिहरूले सो क्षेत्रमा सर्वेक्षण, वातावरणीय प्रभाव मूल्याङ्कन, माटो परीक्षण लगायतका प्रारम्भिक काम सम्पन्न भइसकेको र पालिकाको पहलमा जग्गा समेत हस्तान्तरण भइसकेको जानकारी गराए। प्रारम्भिक चरणमा बजेट विनियोजन, टेन्डर प्रक्रिया जस्ता कामहरू सम्पन्न भए पनि पछिल्लो समय योजना अलपत्र परेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरे ।
सो क्रममा अध्यक्ष प्रचण्डले भने “तपाईँहरूले यो योजना अघि बढाउन जुन चिन्ता गर्नुभएको छ, म त्यसप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु। यो प्रक्रिया अघि बढेको योजना हो र अब यो बन्नै पर्छ। कास्कीमै बन्नुपर्छ, धितालमै बन्नुपर्छ भन्ने हो।”
अध्यक्ष प्रचण्डले पार्टीका प्रतिनिधि, जग्गादाता र स्थानीय जनप्रतिनिधिहरू सबैलाई माओवादी केन्द्रको तर्फबाट यो योजना अगाडि बढ्नुपर्छ भन्नेमा पहल गरिने विषयमा ढुक्क हुन आग्रह गर्दै योजना कार्यान्वयनका लागि आफूबाट सक्दो पहल हुने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण