कमलादीमा स्कुटर दुर्घटना हुँदा २५ वर्षीया युवतीको मृत्यु
बिहीबार, ०८ साउन २०८२, १० : ३०
सारांश
- काठमाडौंको कमलादीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
- उदयपुरकी २५ वर्षीया समीक्षा रिजालले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो।
- उपचारका क्रममा रिजालको मृत्यु भएको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको कमलादीमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भएर वनस्थली बस्ने २५ वर्षीया समीक्षा रिजालको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए ।
बिहीबार बिहान साढे २ बजेतिर प्रज्ञाभवन अगाडी सडकमा रिजालले चलाएको बागमती प्रदेश–०२–०३४ प ३४५८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको हो ।
स्कुटर विद्युतको पोलमा ठोक्किएपछि प्रहरीले रिजाललाई उपचारको लागी ट्रमा सेन्टरमा पठाएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे प्रहरी वृत्त मालिगाउँले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण