कञ्चनपुरको लालझाडी गाउँपालिका–५ को कार्यालयमा चोरी
सारांश
- कञ्चनपुरको लालझाडी गाउँपालिका-५ को वडा कार्यालयमा अज्ञात समूहले चोरी गरेको छ।
- चोरहरूले कार्यालयको ढोका तोडेर कम्प्युटर, सीपीयू, ल्यापटप र पंखा चोरेका थिए।
- वडा सचिवको कम्प्युटर चोरी भएपछि सेवा प्रवाहमा समस्या आएको छ, प्रहरीले अनुसन्धान गर्दैछ।
धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिका– ५ को वडा कार्यालयमा चोरी भएको छ । बुधवार राति अज्ञात समूहले कार्यालयको ढोका तोडेर महत्त्वपूर्ण सामग्रीहरू चोरेको हो ।
वडा अध्यक्ष पहलबहादुर थापाका अनुसार चोरहरूले कार्यालयको पछाडिपट्टिको ढोका र वडा सचिवको कार्यकक्षको ताला तोडेर प्रवेश गरेका थिए । उनका अनुसार एक थान कम्प्युटर, एक थान सीपीयू, एक थान ल्यापटप र एक थान भित्ते पङ्खा चोरी भएको छ ।
वडा कार्यालय हाल भाडाको घरमा सञ्चालित थियो र केही महिनापछि आफ्नै भवनमा सर्ने तयारीमा रहेकाले सीसीटीभी क्यामेरा जडान गरिएको थिएन । नजिकै रहेको स्वास्थ्य चौकीको सीसीटीभी क्यामेरामा पनि चोरीमा संलग्नहरू देखिएका छैनन्।
वडा सचिवले कामकाजका लागि प्रयोग गर्ने मुख्य कम्प्युटर नै चोरी भएपछि बिहीबारदेखि वडाको सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भएको छ ।
घटनाको खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ । प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको पहिचान र खोजीका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण