आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गरौँ: सभामुख घिमिरे
सारांश
- सभामुख देवराज घिमिरेले सडक आन्दोलनको अन्त्य हुनुपर्ने बताए।
- उनले मागहरू अव्यवहारिक भए त्यतिबेलै भन्नुपर्ने धारणा राखे।
- सभामुखले बाँसका सामग्रीको प्रवर्द्धनमा संसदले सहयोग गर्ने बताए।
काठमाडौँ । सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । आज सिंहदरबारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित सामग्रीहरू ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रत्येक कुराहरू सडकमा गएर आन्दोलन गरी बाध्य परिस्थिति बनाएपछि मात्रै न्यूनतम सुनुवाइ गर्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताए । मागहरू अव्यवहारिक, असान्दर्भिक, अनुचित भए त्यतिबेलै यस्तो भयो भन्न सक्नुपर्ने उनले बताए ।
कोसिसको बाबजुद पनि सुनुवाइ भएन भने सडकमा जानेकुरा गैरसंवैधानिक नभएको पनि उनले बताए । बाँसको सामग्रीको प्रवर्द्धनका लागि संसदमा कुनै कानूनहरु अड्किएका भए निर्माण गर्नेकुरामा प्रतिनिधि सभा सधैँ अग्रसर रहने घिमिरेले बताए ।
सभामुख घिमिरेले बाँस वनस्पतिलाई धेरै ठाउँमा प्रयोग गर्न सकिने र यसको महत्त्व उल्लेख्य रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण