प्रचण्ड र बाबुरामले गद्दारी गर्दा जनगणतन्त्र आउन सकेन : नेता गजुरेल
सारांश
- सीपी गजुरेलले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र भएको बताए ।
- उनले पुष्पकमल दाहाल र बाबुराम भट्टराईको गद्दारीका कारण जनगणतन्त्र आउन नसकेको आरोप लगाए ।
- गजुरेलका अनुसार वर्तमान गणतन्त्रले देशको विकास गर्न सक्दैन ।
काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सीपी गजुरेलले अहिले पनि जनगणतन्त्र नआएको बताएका छन् । ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै गजुरेलले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र भएको बताएका हुन् ।
बुर्जुवा गणतन्त्रले देशेको विकास गर्न नसक्ने उनको भनाइ छ । अहिलेको गणतन्त्र पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको भएको उल्लेख गरे । आफूहरू बुर्जुवा गणतन्त्रको लागि नलडेको तर पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईको गद्दारीका कारण जनगणतन्त्र आउन नसकेको उनको आरोप छ ।
उनले भने, ‘नेपाली कांग्रेसको एजेन्डामै बाबुराम र प्रचण्ड अहिले पनि हिँडिरहेका छन् । अहिले प्राप्त भएको जुन लोकतान्त्रिक गणतन्त्र छ, लोकतान्त्रिक गणतन्त्र नै हाम्रो लागि अभीष्ट हो । यसलाई बचाउनका निम्ति अघि बढ्नुपर्छ भनेका छन् । अहिले जनगणतन्त्र आएको छैन । यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो । पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको गणतन्त्र हो । यसले देशमा विकास गर्दैन । बुर्जुवा गणतन्त्रका लागि हामी लडेका थिएनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण