शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गीतको कारण चर्चामा नाजिर

बिहीबार, ०८ साउन २०८२, १५ : ०३
बिहीबार, ०८ साउन २०८२

काठमाडौँ । फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को गीत ‘म फूल हुँ कि काँडा’ अहिले चर्चामा छ । केही दिनअघि सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन महिलाको गेटअपमा देखिएका छन् । जसको गेटअफ र अभिनयको समेत तारिफ भइरहेको छ । 

‘नाजिर तिमी एक महान बहुमुखी अभिनेता हौ’ विजय थापाले  भिडियो हेरेर लेखेका छन्, ‘उत्कृष्ट पात्रहरूमा अभिनय गरिरहनु । तिमी एक महान अभिनेता बन्नेछौ । एउटा मात्र कुरा विवादहरूबाट सावधान रहनु । मेरो शुभकामना ।’ गीतमा देखिने महिला पात्र नजिर भएको फिल नै नहुने थापाको भनाइ छ । 

अर्का रिसभ आले आफूले पुरै भिडियोमा नाजिरलाई चिन्न नसकेको बताउँछन् । ‘साँच्चै भन्नुपर्दा मैले पूरै भिडियोमा नाजिरलाई चिन्न सकिन,’ उनी लेख्छन् ‘दोस्रो पटक हेरेपछि मैले चिनेको थिएँ ।’ उनले नाजिरलाई नाजिर र उनको अभिनयलाई सलाम भनेका छन् । 

लेखु सहयात्रीको शब्द रहेको गीत ‘म फूल हुँ कि काँडा’मा मनिषा पोखरेलको स्वर छ । संगीत लेखु सहयात्रीले दिएका हुन् । फिल्म भदौ १३ गतेबाट रिलिज हुँदैछ । समुन्द्र भट्टको निर्देशन रहेको फिल्म लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको हो । 

फिल्ममा नाजिरको अलवा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारी लगायतको अभिनय छ ।

नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको फिल्ममा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन रहेको फिल्मको अनुपम श्रेष्ठसहयोगी निर्माता हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप